
Rgp
Srbpu
Lnp
Unsku
Sgr
pku
Rgp1
Ggp
Pbu

nsb
Sls
Wsp
Tsm
Vor
Pvg
Ssm
Rgu
Bbbpu
Rgs
Bbu
Sbs
Hal
Ggd
Gst
Rsb
Rgu
Asm
Ksm

Bml
sab
Syp
Pls
Rpp
Ptm
bbt
Jmb
Jmb
Gsb
Abd
Mks
Rmb
बाँके । सशस्त्र प्रहरीले नेपालगन्जको सिमा नाका नजिकैबाट आज फेरि अवैधरुपमा राखिएको ठुलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल जमुनाह बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कार्कीको कमान्डमा सिमा नाकामा खटिएको टोलीले आज बिहान साढे ११ बजे नेपालगन्ज १५ जमुनाह गाउँ नजिकै बेवारिसे अवस्थामा राखिएको ठुलो परिमाणको लागूऔषध ट्रमाडोल क्याप्सुल बरामद गरेको जमुनाह बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिएका छन् ।
सिमा नाका नजिकै शंकास्पद तरिकाले प्लास्टिकमा बेरेर राखिएको अवस्थामा चेक जाँचका क्रममा सशस्त्र प्रहरीले ४८० क्याप्सुल ट्रमाडोल लागूऔषध बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए ।
बरामद गरिएको लागूऔषध ट्रमाडोललाई आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीको जमुनाह बिओपीले नेपालगन्ज भन्सार कार्यालय अगाडिबाट एक जना र जमुनाह गाउँबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरी आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइसकेको छ ।
