
Msbus
Rgp
Ksbus
Lnp
Asbus
Sdc
Ggp
Ggp
Ksbus


दाङ । देउखुरी बहुमुखी क्याम्पस लमही दाङमा आज एक कार्यक्रमका बिच कविता प्रतियोगिता सम्पन्न भएको छ ।
देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक शिव ओलीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख शेरबहादुर गिरी प्रमुख अतिथि रहनु भएको थियो भने अन्य अतिथिहरुमा साहित्यकार निमबहादुर थापा,रेशम वि.सी.,युवराज भण्डारी रहनु भएको थियो।
आदि कवि भानुभक्त आचार्यले शार्दुलवीक्रिडीत छन्दमा लेखेको कविता सामूहिक रुपमा वाचन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । देउखुरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भेषराज पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको उत्त कार्यक्रममा एघार जना विद्यार्थीहरुले कविता प्रतियोगितामा भाग लिएका थिए।
विभिन्न शीर्षकमा लेखिएका कविताहरुमा भानुको स्मरण तथा गुरुको सम्मान गरिएको थियो। गुरु पुर्णिामा पनि आजै परेकाले गुरुहरुलाई सम्मान भाव व्यक्त गर्दै कविताहरु सुनाइएको थियो।यस कार्यक्रमको निर्णायक मण्डलमा निमबहादुर थापा, प्राध्यापक हरेकृष्ण ज्ञवाली र नारायण भुसाल रहनु भएको थियो। यस प्रतियोगितामा नरेन्द्र चौधरी प्रथम, जानकी रोकाया द्वितीय,आशा भट्टराई तृतीय र विमला पोख्रेल सान्त्वना रहनु भएको थियो।
साथै रेशम वि .सी,निमबहादुर थापा,युवराज भण्डारी,हरेकृष्ण ज्ञवाली लगायतले कविता वाचन गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण देउखुरी बहुमुखी क्याम्पसका प्रध्यापक तेजप्रसाद खनालले गर्नु भएको थियो। कार्यक्रम निकै भव्य र सभ्य रुपमा सफल भएको थियो ।

