
Pbu
Sebsg
Gmssl
Gst
Gipsg
Gsg
gst
Unsku
Gipsg

Bbu
Rsb
Sbs
Sls
Rgu
Ksm
Rgu
Wsp
Hal
Ssm
Pvg
Vor
nsb
Asm
Ggd
Rgs
Bbbpu
Gst
Tsm

Rpp
Pls
Jmb
Mks
Ptm
Rmb
Abd
sab
bbt
Syp
Gsb
Bml
Jmb
जनकपुरधाम । मधेश प्रदेशका डीआईजी मसाउद आलम खाँले विवादित र बदनाम घुमुवाहरु परिचालन गरी लाभ लिन तल्लीन छन् । डीआइजी खाँले परिचालन गरेका शक्तिशाली घुमुवा प्रहरी हवल्दार भोगेन्द्र पासवान र सुरेन्द्र ठाकुरले संगठनको मर्यादालाई ख्यालै नगरी नियम बिपरीत धनुषामा घुस आतंक मच्चाएको समाचार प्राप्त भएको छ ।
त्यस्तै,दुहबी नाकाबाट राजीव माहासेठले नेपालबाट चाइनिज स्याउ,कोलगेट टुथपेस्ट,फेयर एण्ड लब्ली, सुपारी लगायत भारततर्फ पठाउने गरेका छन् । भारतबाट कपडा, हार्डवेयर, मोटर पार्टस्,पानपराग, रजनीगन्धा लगायतका समानहरु पिकअप र मोटरसाइकलको माध्यमले तस्करी गर्दै आएका छन् ।
धनुषामा नामुद तस्करका रुपले चिनिने सुरेशले महिनाथपुर नाकाबाट कपडा र सूर्ती नेपालतर्फ भित्र्यानलाइन पाएका छन् । डीआइजी खाँका घुमुवाले राजीव र सुरेशसँग मासिक दररेट तयगरी खुलेआम तस्करीको लाइन दिएका छन् । घुमुवा पासवान र ठाकुरले सुरेश र राजीवसँग ५–५ लाख मासिक दररेट तय गरेको स्रोतको दाबी छ ।
इनर्वा नाकाबाट सुनिल यादव र अजय यादवले महिनाको २ लाख ५० हजार बुझाएर सिलप्याक मदिराको तस्करी गरी भारततर्फ पठाउने लाइन पाएका छन् । बिहारमा मदिरा निषेध भएकाले सीमा क्षेत्रमा नेपालबाट तस्करी हुने गरेको छ । खजुरी नाकाबाट छोटे अहेसान नामका तस्करले चाइनिज सामान र नेपाली सामान भारततर्फ तस्करी गर्दैआएका छन् । बरतुल्ला,सम्तुल्लाह,नरेशले भररिया वडा नम्बर ४ को नाकाबाट कपडाको तस्करी मोटरसाईकलको माध्यमले गर्दै आएका छन् । स्रोतका अनुसार सुनिल,अजय,बरतुल्ला, सम्तुल्लाह र नरेशलाई घुमुवाले मासिक १ लाख ५० हजार रुपैयाँमा तस्करीको लाइन दिएका छन् ।
मुखियापट्टि मुसहर्नियाघाट नाकाबाट उमेश दास,फेकन, बिन्देश्वर नायक,शिवनरायण साहले नेपालबाट मदिरा र ड्रोन क्यामरा भारततर्फ तस्करी गरिरहेका छन् भने भारतबाट कपडा ल्याउने गरेका छन् । यी तस्करहरुलाई सो नाकाबाट तस्करीको लाइन नेपाल प्रहरीका मधेश प्रदेशका डिआईजी मसाउद आलमकै निर्देशनमा दिएको स्रोतले जनाएको छ । भन्सारछली गर्ने तस्करहरुसँग साँठगाँठ भएका घुमुवा प्रहरी हवल्दार पासवान र ठाकुरले तस्करहरुबाट उठेको रकम डीआइजीलाई मासिक दररेट बुझाएर खुसी पारी तस्करी संचालन गरिरहेका छन् ।
पासवान आफ्नै गृहजिल्ला धनुषामा राम्रो चौकी र इलाका प्रहरीदेखि जिल्ला प्रहरी धनुषा गरी करिब १० वर्षसम्म घुमुवाको रुपमा काम गरिसकेका बद्नामी कमाएका घुमुवा हुन् । धनुषाको नगराइन गाउँपालिका निवासी पासवान सत्तापक्ष नेपाली कांग्रेसका वरिष्ठ नेताहरुको सोर्सफोर्स लगाई फेरि धनुषाको घुमुवा बन्न सफल भएका छन् ।
त्यस्तै धनुषा हेर्नेगरी प्रदेश घुमुवाको रूपमा खटिएका बारा जिल्ला निवासी ठाकुरले असुली धन्दाबाट नै जनकपुरको ४ नः वडा कटइया चौरी भन्ने स्थानमा ४० लाख भन्दा माथिको जग्गा किनेर झण्डै ४० लाखको हाराहारीमा घर बनाएका छन् ।
जनकपुरको मुसहरी टोलमा पनि २५ लाख बराबरको ८ धुर जमिन किनेका छन् । पहिला प्रदेश घुमुवा सुरेन्द्र ठाकुर र जिल्ला प्रहरी कार्यालय धनुषाका घुमुवा पासवान हुँदा भन्सार छली गर्नेहरुसँग साँठगाँठ भएको र बदनाम भइसकेपछि तत्कालीन आइजीपी शैलेश थापा क्षेत्रीेले हेडक्वाटर तानेर पासवान र ठाकुरलाई करिब ३ महिनासम्म करेक्सन तालिममा हाली एक किसिमको कारबाही नै गरेका थिए । उनको बारेमा धेरै गुनासो आएपछि रातमाटे गण हेटौंडामा पठाइएको थियो । घुमुवाका रुपमा तस्करबाट असुलीमा अनुभवी भएकाले ठाकुरलाई डिआईजी खाँले अहिले अघोषित घुमुवाको रुपमा धनुषामा परिचालन गरेका छन् ।
उनले डिआईजी आलमकै पावरमा तस्करी खुलाई तस्करहरुबाट अबैध असुली गरिरहेको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका घुमुवा मनोज महतोकोबारेमा पनि धेरै गुनासा आउने गरेका छन् । महतो प्रहरी संगठनदेखि ठूला दलका वरिष्ठ नेताहरुको सोर्सफोर्सकै कारण करिब १२ वर्षदेखि धनुषामा नै घुमुवाको रुपमा कार्यरत छन । महतोमाथि पटक पटक तस्करहरुबाट रकम उठाइ तस्करी गराएको आरोप लागदै आएको छ भने धेरै पत्रपत्रिका र अनलाइनमा पनि उनको बारेमा प्रकाशन हुँदैआएको छ । आफ्नो दरबन्दी नगई काजमा एकै ठाँउमा धेरै दिन बसेका र गृहजिल्ला काजमा बसेका प्रहरीलाई दरबन्दी पठाउन हेडक्वाटरले पत्राचार नै गरेको छ तर डीआइजी खाँले अतिरिक्त आम्दानीका लागि त्यस्ता विवादित घुमुवाहरुलाई दरबन्दी नपठाई अहिले पनि घुमुवा खटाएको स्रोतले जनाएको छ ।
नेपाल-फेसबाट
