
Rgp1
pku
Sgr
Srbpu
Ggp
Rgp
Lnp
Unsku
Pbu

Wsp
Sls
Tsm
Vor
Pvg
nsb
Hal
Gst
Ssm
Bbu
Rgu
Rgu
Ggd
Asm
Rsb
Rgs
Sbs
Ksm
Bbbpu

Gsb
Rpp
Bml
Ptm
Rmb
Syp
Pls
Abd
Jmb
Jmb
bbt
Mks
sab
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आज सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वय र विजयनगर गाउँपालिकाको सहयोगमा आर्थिक वर्ष ०७८/०७९ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
गाउँपालिकाको सभाहल खडैचामा जनप्रतिनिधि, पालिकावासी, स्थानीय राजनीति दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गाउँपालिकामा भईरहेको विकास निर्माण कार्यहरुमा शिक्षाको गुणस्तर किन घटेको छ ,कृषकका लागि मल ब्यवस्थापन भएन ? मैनारीको कालोपत्रे सडक किन भत्किएको छ ? योजना अनुगमन कार्य किन ढिलो हुन्छ ? समयमा सुचनाको बारेमा जानकारी किन हुदैन भन्दै बालजी प्रसाद चौधरीले गुनासो गरेका थिए ।
यस्तै विजयनगरका युवा समाजसेवी देवेन्द्रमणी त्रिपाठिले भारतिया पर्यटक यात्रीहरुलाई ट्राफिक प्रहरीद्वारा सास्ती किन,जगदिशपुर गाउको शौचालय निर्माण समाग्रमा कमसलको प्रयोग किन, गाउँपालिकाले ठेक्कापट्टा,बोलपत्र र सार्वजनिक गर्नुपर्ने सुचना जनतालाई जानकारी गराएको भन्दै जोडदार प्रश्न जवाफदेही समक्ष राखेका थिए ।
आफ्नो गुनासो तथा जिज्ञासा प्रकट गर्दै गिता मिश्रले गाउँपालिकाको वडा न.१ को चाफामा हाल सम्म बिजुलीबत्ति नहुन दु:खद हो यस कार्यमा गाउँपालिका गम्भीर भइ दिन आग्रह गरेकि थिइन् भने मल खादको ब्यवस्थापन किन भएन,महिला सीप कार्यक्रम किन संचालन हुदैन ,इन्जिनियरले योजनाको मुल्यांकन कम गर्दा उपभोक्त समितीलाई सास्ती , गाउँपालिका गरिरहेको हरेक क्रियाकलाप तथा गतिविधिको नियमित अनुगमन नहुँदा विकासका कामको ढिला सुस्ती,विभिन्न कमीकमजोरी देखिएको अधिकांश जनताले आफ्ना गुनासा राख्दै जनप्रतिनिधि, सम्बन्धित व्यक्ति, निकाय, सरोकारवालालाई सचेत हुन समेत गिता मिश्राले अनुरोध गरेकि थिइन् ।
त्यस्तै विजयनगरका टेक बहादुर भन्डारीले योजना मागका लागि कति समिति गठन भयो, बालबालिकाको लागि बजेट कहाँ खर्च हुन्छ, अनौपचारिक शिक्षा किन बन्द छ,ब्यक्तिगत घटना दर्ता आम नागरिकको पहुँच किन पुगेन,बाल उद्यन किन बन्दैन लगाएत गुनासो राखेका थिए ।
गाउँवासीले उठाएका सवाल तथा गुनासोलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले हरेक विकासका पुर्वाधारहरु उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । नागरिकको चासोसँग आवद्ध भएर जवाफदेहीतालाई विकास गरिने उहाँले बताउनुभयो । अगामि दिनमा कामलाई प्रभावकारी बनाउन अनुगमनलाई तिब्रता दिने, गुणस्तरिय शिक्षालाई निरन्तरता दिने,बताउनु भयो ।
उहाँले स्वास्थ्य,शिक्षा,कृषि,खानेपानी,यातायात,सबै महत्वपूर्ण रहेको बताउँदै क्रमशः प्राथमिकताका आधारमा योजना बनाई सबैलाई अगाडी सार्दै हरेक क्षेत्रमा विकास गरेको बताउनुभयो । उहाँले जनताका हरेक गुनासालाई आत्मसात गर्दै अगामि दिनमा अगाडी बढ्ने बताउनुभयो ।
गाउँपालिकाको क्रियाकलाप तथा गतिविधि, विकासका कामको ढिला सुस्ती, अनियमितता, कमीकमजोरी, विकास निर्माणका काम,गुणस्तरीय शिक्षा, खानेपानीको आपुर्ति लगायत हरेक जनताको गुनासोप्रति प्रतिबद्ध रहेर अगाडी बढ्ने प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो । गाउँपालिकाले दिने ठेक्कापट्टा, बोलपत्र र सार्वजनिक गर्नुपर्ने सूचना नियम सङगत आह्वान गरिएको भट्टराईले बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जनता गुनासोलाई सम्बोधन गर्दै हरेक विकासका कार्य नियमित अनुगमन गरेको बताउँदै कही कतै कुनै पनि काममा ढिला सुस्ती, अनिमियता भईरहेको छ भने उच्च निगरानीका साथ आवश्यक कदम चाल्ने बताउनुभयो । नागरिक बाट आएका उजुरी, निवेदनलाई समयमै न्याय दिएको चौधरीले बताउनु भयो ।
नेपाल पत्रकार लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले कार्यक्रमलाई सम्बोधन गर्दै सार्वजनिक सुनवाइ कार्यक्रममा जनताले आफ्नो भनाई राख्ने ठाँउ भएकोले निर्धक्क भएर गुनासो तथा राम्रो कामको बारेमा प्रसंशा गर्नु आवश्यक रहेकोे बताउनु भयो। त्यस्तै विजयनगर गाउँपालिकाको नियमित आयश्रोत नहुदा विकासको गति लिन नसकेले आर्थिक समृद्धि मा नागरिक नै अग्रसर हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा उठेका सवाल,गुनासो तथा जिज्ञासाहरुको जवाफ सम्बन्धित सेवा प्रदायक प्रमुखहरुले दिएका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला सचीव जानु पान्डेको अध्यक्षता जिल्ला सदस्य राम प्रकट कोरीको स्वागत मन्तव्य रहेकोे थियोे भने कार्यक्रम जिल्ला सदस्य दिपक केसीको संचालनमा सम्पन्न भएको थियो ।
