
Asb
Rgp
lnp
Rgp
Sgp
Lnp
Usb
Dbs
Ggp
Ggp
Lks
Rgp
Rgp
Dus
Jns
ksb
Pbu


दाङ । यो वर्षको वर्षा सुरु भएसँगै दाङमा करिब दुई लाख बिरुवा रोपिएको छ।जिल्लाका करिब २ सय हेक्टर खाली जमिनमा २ लाख बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दि नुभयो ।
संरक्षणमुखी बृक्षरोपण कार्यक्रम शुरु गरेर करिब २ लाख बिरुवा रोपिएको उहाँको भनाई छ । वर्षेनी बिरुवा लगाइने तर हर्काउन चुनौति बढ्दै गएपछि यस वर्षबाट संरक्षणमुख बृक्षरोपण कार्यक्रम थालिएको श्रेष्ठले बताउनुभयो । संरक्षणमुखी कार्यक्रम अनुसार अतिक्रमित वन क्षेत्र खाली गरेर यस पटक बिरुवा रोपिएको हो।
उहाँका अनुसार घोराहीको मघै,रामपुरको चरिङ्गेदह,तलसीपुरको कटकुइँया,भ्यूडर,सुनपुर र बबई गाउँपालिकामा गरी ९ हेक्टर वनमा ताराबारसहितको बृक्षरोपण गरिएको छ।
यस्तै,तुलसीपुरको मोतीपुर,दंगीशरणको सिमठाना र महालक्ष्मी, घोराही१० नारायणपुरको सरजुगंगा र बबइ नदी,अम्विकेश्वरीको क्वाडी र शान्ति सामुदायिक वन क्षेत्रको करिब २० हेक्टर नदीले कटान गरेको क्षेत्रलाई तारबार गरी बृक्षरोण गरिएको छ।
डिभिजन वन कार्यालयले एक पालिका एक कृषि अबको अवधारणा अनुसार स्थानीय किसानहरुलाई सहभागी गराई दाङको घोराही र तलसीपुर उपमहानगरपालिका,बंगलाचुली, शान्तिनगर र दंगीशरण गाउँपालिका गरी ५ वटा पालिकाका १० हेक्टरका दरले ५० हेक्टरमा कृषि वन बनाउने काम गरेको जनाएको छ।
