Sidha Patra सोमबार, आषाढ २७, २०७९

दाङ । यो वर्षको वर्षा सुरु भएसँगै दाङमा करिब दुई लाख बिरुवा रोपिएको छ।जिल्लाका करिब २ सय हेक्टर खाली जमिनमा २ लाख बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दि नुभयो ।

संरक्षणमुखी बृक्षरोपण कार्यक्रम शुरु गरेर करिब २ लाख बिरुवा रोपिएको उहाँको भनाई छ । वर्षेनी बिरुवा लगाइने तर हर्काउन चुनौति बढ्दै गएपछि यस वर्षबाट संरक्षणमुख बृक्षरोपण कार्यक्रम थालिएको श्रेष्ठले बताउनुभयो । संरक्षणमुखी कार्यक्रम अनुसार अतिक्रमित वन क्षेत्र खाली गरेर यस पटक बिरुवा रोपिएको हो।

उहाँका अनुसार घोराहीको मघै,रामपुरको चरिङ्गेदह,तलसीपुरको कटकुइँया,भ्यूडर,सुनपुर र बबई गाउँपालिकामा गरी ९ हेक्टर वनमा ताराबारसहितको बृक्षरोपण गरिएको छ।

यस्तै,तुलसीपुरको मोतीपुर,दंगीशरणको सिमठाना र महालक्ष्मी, घोराही१० नारायणपुरको सरजुगंगा र बबइ नदी,अम्विकेश्वरीको क्वाडी र शान्ति सामुदायिक वन क्षेत्रको करिब २० हेक्टर नदीले कटान गरेको क्षेत्रलाई तारबार गरी बृक्षरोण गरिएको छ।

डिभिजन वन कार्यालयले एक पालिका एक कृषि अबको अवधारणा अनुसार स्थानीय किसानहरुलाई सहभागी गराई दाङको घोराही र तलसीपुर उपमहानगरपालिका,बंगलाचुली, शान्तिनगर र दंगीशरण गाउँपालिका गरी ५ वटा पालिकाका १० हेक्टरका दरले ५० हेक्टरमा कृषि वन बनाउने काम गरेको जनाएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]