Sidha Patra बिहिबार, आषाढ २३, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।वडा नम्बर २ का वडा सदस्य गणेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको शिविर कार्यक्रममा कृषकहरु पुरण प्रसाद यादव र कौशिला बिकलाई वडा सदस्य चौधरीले औषधि हस्तान्तरण गरेर शिविरको उद्घाटन गर्नु भएको थियो ।त्यस्तै सो शिविर कार्यक्रममा २०० बढी कृषकलाई सेवा प्रदान गरिएको थियो ।कार्यक्रममा पशु स्वास्थ्य शाखा राजपुरका प्रमुख दिपक कुमार राना मगरले पशुमा लाग्ने विभिन्न आन्तरिक र बाहिरी परजीवी रोगहरुको बारेमा जानकारी गराउनु भएको थियो ।पशु तथा मत्स्य विकास शखा राजपुरको प्राविधिक सहयोग तथा राजपुर गाउँपालिका वडा नम्बर २ को आयोजनामा सम्पन्न भएको कार्यक्रमको संचालन वडा नम्बर २ का वडा सचिव दुर्गा यादवले गर्नु भएको थियो ।त्यस्तै उक्त दुई नम्बर वडा कार्यालयको आयोजनामा मंगलबार अस्ति मटेरियाका १५० जना कृषकलाई पिपल डाँडामा नि:शुल्क औषधि वितरण गरिएको थियो भने कृषकलाई परामर्श दिइएको वडा सचिव दुर्गा यादवले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]