
Djs
cjs
Pes
Gfs
sbs
pku
Sgr
Rgp
Unsku
Ggp
Srbpu
Lnp
Rgp1
Pbu

Ssm
nsb
Gst
Tsm
Wsp
Rgu
Ggd
Bbbpu
Hal
Vor
Sls
Rgs
Rsb
Pvg
Sbs
Ksm
Asm
Bbu
Rgu

Gsb
Ptm
Syp
Rmb
Jmb
Mks
sab
Jmb
bbt
Pls
Rpp
Bml
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
वडा नम्बर २ का वडा सदस्य गणेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको शिविर कार्यक्रममा कृषकहरु पुरण प्रसाद यादव र कौशिला बिकलाई वडा सदस्य चौधरीले औषधि हस्तान्तरण गरेर शिविरको उद्घाटन गर्नु भएको थियो ।त्यस्तै सो शिविर कार्यक्रममा २०० बढी कृषकलाई सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा पशु स्वास्थ्य शाखा राजपुरका प्रमुख दिपक कुमार राना मगरले पशुमा लाग्ने विभिन्न आन्तरिक र बाहिरी परजीवी रोगहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
पशु तथा मत्स्य विकास शखा राजपुरको प्राविधिक सहयोग तथा राजपुर गाउँपालिका वडा नम्बर २ को आयोजनामा सम्पन्न भएको कार्यक्रमको संचालन वडा नम्बर २ का वडा सचिव दुर्गा यादवले गर्नु भएको थियो ।
त्यस्तै उक्त दुई नम्बर वडा कार्यालयको आयोजनामा मंगलबार अस्ति मटेरियाका १५० जना कृषकलाई पिपल डाँडामा नि:शुल्क औषधि वितरण गरिएको थियो भने कृषकलाई परामर्श दिइएको वडा सचिव दुर्गा यादवले जानकारी दिनु भयो ।
