सागर थापा शुक्रबार, आषाढ १७, २०७९

दाङ । सार्वजनिक बिदाका दिन सरकारी कार्यालयका सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालय दाङबाट पास अनिवार्य लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाए जिल्ला ट्राफिक प्रहरीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् ।

रेग्मीले आफु दाङ आईसके पछी जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई पत्र सहित निर्देशन दिएको बताए । जस्तै शनिबार या सार्वजनिक बिदाका दिन बिना अनुमतिको कुनै पनि सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेर जिल्ला ट्राफिकलाई निर्देशन दिएको रेग्मीले बताए। जिल्लाका सबै स्थानीय तह,सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानका सवारी साधनलाई बिदाका दिन अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

त्यस्तै यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले सार्बजनिक बिदाको दिनमा (पास) बिना चल्ने कुनै पनि सरकारी कार्यालयको सवारी साधनको हकमा कड़ाई गर्ने तथा तालुक कार्यालयबाट भएको निर्देशन अनुसार ट्राफिक प्रहरीले चेकजाँचलाई तीब्र पार्ने बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]