
Unsku
Srbpu
Ggp
Sgr
pku
Rgp
Pbu
Lnp
Rgp1

Tsm
Rgs
Wsp
Gst
Vor
Sbs
Sls
Rsb
Bbbpu
Ssm
Ggd
nsb
Rgu
Rgu
Ksm
Asm
Hal
Bbu
Pvg

Syp
Jmb
bbt
Abd
Rpp
Pls
Jmb
Ptm
Bml
Rmb
sab
Mks
Gsb
दाङ । दुइ नेपाली युवती भारतको जंगलमा बलात्कृत भएका छन् । आइतवार विहान एघार बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न भनि हिडेका राजपुर गाउँपालिका वडा नम्बर ६ का निवासी नाम परिवर्तन सिता घर्ती र सिमा नेपालीलाई केही भारतीय युवाहरुको समुहले बलात्कार गरेको सीमा प्रहरी चौकी खांग्रानाकाले जनाएको छ । प्रत्येक आइतवारको दिन भारतको मनीपुरमा हाटबजार लाग्ने गर्छ ।
सोही दिने अविवाहित युवती पाचजना र एकजना विवाहित गरेर छ जना महिलाहरु नेपालबाट मनिपुर बजारमा रासन किन्न भनि जाने क्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रको दक्षिण तर्फको जंगलमा रुखमा डोरीले बाधेर भारतीय युवाहरुको समुहले बलात्कार गरेको कुरा बाहिरीएको छ ।
नेपाल–भारत सीमावर्ती क्षेत्रको दशगजा देखि करिब चार किलोमिटरको भारतीय जंगलमा दुइ नेपाली युवती बलात्कृत भएको बुझिएको छ । उनिहरुसंग गएको अन्य चारजना महिलालाई कनचटमा पेस्तोल ताकेर तिमीहरु बोल्यौ भने गोली हानेर मार्दिन्छु भनेर धम्काउदै कुटपिट गरेर गम्भिर घाइते बनाएको बुझिएको छ । ती युवकहरुले छजना महिलाहरुको सुनको सिक्री, नाकमा लगाउने फुली, केही भारतीय रुपैया र छवटा मोबाइल समेत लुटपाट गरेको खुल्न आएको छ ।
महिलाहरुको हात, गाला, ढाडमा गम्भिर घोट लागेर सुम्ला उठेको छ भने लौराले साप्रामा निलो डाम बस्ने गरि कुटपिट गरेर गम्भिर घाइते बनाइएको बुझिएको छ । अहिले सीमा प्रहरी चौकी खांग्रानाका इञ्चार्जको कमाण्डामा स्थानीय बलात्कृत दुइजना युवतीहरु र अन्य चारजना घाइते महिलाहरुलाई औषधिको लागि भारतीय अस्पतालमा लगिदैछ ।
त्यस्तै थप विवरण भने आउन बाकी रहेको छ । यस्तै हरैया थानाका अनुसार उक्त कार्यमा संलग्न पाँचजना मध्य चारजना पक्राउ गरिएको बुझिएको छ । उनिहरू माथि थप अनुसन्धान भइरहेको हरैया थानाले जनाएको छ ।
