ओमप्रकाश गुप्ता आइतबार, आषाढ १२, २०७९

दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा आइतबारदेखि ३ तीने आधारभूत सञ्चारसिप तथा पत्रकारिता तालिम सुरु भएको छ।

राप्ती प्रेस मञ्चको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा एक विद्यालय एक पत्रकार उत्पादन गर्ने उद्देश्यले तालिम सुरु भएको हो ।

मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीको विशिष्ट आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले गाउँ गाउँका हरेक गतिविधि बाहिर ल्याउन पत्रकार उत्पादन गर्न आवश्यक रहेकाले तालिमका सहभागीहरूलाई अनुशासित पुर्वक सीप सिक्न सुझाव दिएका छन् ।

कार्यक्रम राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चाैधरी, कार्यपालिका सदस्य चम्फा भुसाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पार्षद तथा राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राप्ती गाउँपालिका भित्रका माध्यमिक तहका विद्यालय र क्याम्पसमा अध्ययनरत ३५ जना विद्यार्थीहरूको सहभागीता रहेको पहिलो दिनको तालिमको प्रशिक्षकमा नरेन्द्र केसी र दशरथ घिमिरे रहेका छन् ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]