
Rgp
pku
Pes
Rgp1
Srbpu
Unsku
sbs
Djs
cjs
Pbu
Gfs
Sgr
Ggp
Lnp

Wsp
nsb
Bbbpu
Hal
Ssm
Rgu
Ggd
Sbs
Rsb
Sls
Bbu
Gst
Vor
Asm
Rgs
Ksm
Rgu
Tsm
Pvg

Ptm
Mks
Rpp
Jmb
Bml
Rmb
Gsb
sab
bbt
Syp
Jmb
Pls
Abd
दाङ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय दाङले जिल्लाका सात स्थानीय तहहरुमा सिकलसेल तथा थालासेमीयाको स्क्रिनिङ परिक्षण गर्न थालिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
जिल्लाका तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा,राजपुर,राप्ती र दंगिशरण गाउँपालिकामा यहि असार १० र ११ गरि २ दिनसम्म दश बर्ष देखि ३० बर्ष उमेर समूहका नागरिकहरुमा सिकलसेलको रगत परिक्षण गर्न थालिएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जानकारी दिनुभयो ।
यो कार्यक्रमको सम्पुर्ण जिम्मा प्रदेश सरकारले स्वास्थ्य कार्यालय दाङलाई दिइसकेको उहाँले बताउनुभयो । बिषेश गरि थारु समुदायमा देखिने गरेको यो रोग अन्य समुदायमा पनि हुने र यसको परिक्षण प्रबिधि महंगो हुने भएकोले आम नागरिकको राहातकालागि प्रदेश सरकारले एक चरणमा यो कार्यक्रम पहिलो पटक गर्न थालेको मन्त्री थारुले बताउनुभयो ।
बिहिवार देउखुरीको गढवामा भएको एक कार्यक्रममा स्वास्थ्य कार्यालय दाङले सिकलसेल परिक्षणको अभियान जिल्लाका सात स्थानीय तहहरुमा गर्न थालिएको जानकारी गराएको हो । गढवा स्वास्थ्य चौकी संचालन तथा ब्यवस्थापन समितिका उपाध्यक्ष मानु कुमालको अध्यक्षतामा भएको पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका डा.स्मृति शाहीले सिकलसेल र यसका लक्षणहरुका बिषयमा बिस्तृत जानकारी गराउनु भएको हो ।
सिकलशेल एनिमीया र बिटा थालासेमीया रोग बंशााणुगत रुपमा सर्ने एक प्रकारको रक्त अल्पता हो । यस रोगका बिरामीहरुलाई जिन्दगीभर रगत चढाउनुपर्ने लगायत औषधि उपचारको अवश्यकता रहन्छ । यो रोगको लक्षण भएकाहरुले सन्तती जन्माउन बिहेवारी गर्दा अत्यन्तै ध्यान दिनु आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । विवाह पुर्व हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच गरि सिकलसेल तथा थालासेमिया उल्लेखित कुण्डली मिलाएर बैवाहिक निर्णय गरेमा जिवनभर यस रोगको उपचार चाहिने,खर्चिलो प्रबिधि र रोगबाट समेत बच्न सकिने डा.स्मृति शाहीले बताउनुभयो ।
यस रोगको निदान,परामर्श तथा उपचारका लागि बाहिर जानुपर्ने झञ्जट टरिसकेको र अहिले दाङका राप्ती प्रादेशीक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोरहीमा ब्यवस्था रहेको स्वास्थ्य कार्यालय दाङका क्षयरोग तथा कुष्ठरोग अधिकृत डम्बर कुँवरले जानकारी दिनुभयो । अफ्रिकी मुलुकबाट नेपालमा भित्रिएको यो रोग अक्सर गरेर थारु समुदायमा देखिने गरेको भएपनि सबै समुदायमा लाग्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । यो रोगका लक्षणहरु हसिया रक्तकोष भएमा देखिने र जोर्नीहरु तथा पेट दुख्ने, पटक–पटक जण्डिस देखिने,आरबिसी र हेमोग्लोबिनको कमी भएपछि रक्त कोषिकाहरु छिटो मर्ने र रक्त सञ्चार बन्द हुने समस्या रहने कार्यक्रममा जानकारी गराइएको छ ।
यहि असार १० र ११ मा जिल्लाका सात स्थानीय तहहरुमा संचालन गर्न थालिएको निःशुल्क सिकलसेल परिक्षणमा कम्तिमा तिनहजार नागरिकहरुको रक्त परिक्षण गर्ने, गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मिहरुको परिचालन गर्ने,सचेतना मुलक पोष्टर पम्प्लेट र कुण्डली वितरण गर्ने र परामर्श सेवा प्रवाह गर्ने स्वास्थ्य कार्यालय दाङको लक्ष्य रहेको कार्यालय दाङका ल्याब टेक्निसियन निरिक्षक देविलाल डाँगीले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका डा.स्मृति शाही, डम्बर कुँवर,ल्याब टेक्निसीयन उज्ज्वल पौडेल,महिला स्वास्थ्य स्वयंसेविका सकुन्तला डिसी र गढवा स्वास्थ्यचौकी ब्यवस्थापन समितिका सदसय खुमानन्द पोखे्रल लगायतले बोल्नुभएको थियो । गढवा गाउँपालिकाका स्वास्य संयोजक कैलाश चन्द्र चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको अभिमुखिकरण कार्यक्रमको संचालन स्वास्थ्यचौकी प्रमुख रुपनारायण चौधरीले गर्नुभएको थियो ।
