
jsb
Ssb
Csb
Usb
Rsb
Bsn
Rks
Ksb
Tgp
Nsb
Ksb
Ssb
Fmb
Ppu
Ksb
Gsb

Ssb
Hl1
Tsb
Gsb
Usb

ptl
Nps
Rgu
धनगढी । नेकपा एमालेका कार्यकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन् ।
नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् । युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चावी खोसिदिएका छन् ।
धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय,पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताए । नियन्त्रणमा लिइएका सवारीसाधन पाँच बजेपछि मात्र छाडिने उनले बताए ।
