
Sgr
Rgp1
Pbu
Gfs
Rgp
Djs
Lnp
Ggp
Srbpu
pku
Pes
sbs
cjs
Unsku

Pvg
nsb
Rsb
Gst
Bbbpu
Ggd
Wsp
Asm
Sbs
Hal
Ssm
Rgs
Vor
Rgu
Sls
Tsm
Ksm
Rgu
Bbu

sab
Jmb
Mks
Rmb
Pls
Jmb
Ptm
bbt
Syp
Abd
Rpp
Gsb
Bml
सल्यान । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालको आयोजनमा सल्यानको शारदा नगरपालिकामा‘आँखा स्वास्थ्य,शिक्षा, उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका’ विषयक छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
सल्यान आँखा उपचार केन्द्र सहयोग समितिका संयोजक केशव बहादुर बुढाथोकीको अध्यक्षता तथा शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यता एवं उपप्रमुख सुस्मीता सापकोटा,नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरी तथा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले आँखा स्वास्थ्य सेवाको पहुँच वृद्धिगरी उज्यालो प्रदान गर्न अस्पतालले हालसम्म पुर्याएको सेवाको प्रसंसा गदै अन्धोपन न्यूनिकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा नगरप्रमुख प्रकाश भण्डारीले आँखा अस्पताल र नगरपालिकाको साझेदारीमा अन्धोपन न्यूनिकरणका लागि सहयोग हुने बताउनुभयो । उहाँले शारदा नगरपालिकाले आँखा स्वास्थ्य सेवाका लागि बजेटको व्यवस्था समेत गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख सुस्मीता सापकोटाले आँखा स्वास्थ्य सेवाका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले संघले विभिन्न आँखा अस्पतालहरु मार्फत नेपालका ९० प्रतिसत जनतालाई आँखा स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै अन्धोपन न्यूनिकरणमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । दाङ शाखा सभापति समेत रहनुभएका गिरीले राप्ती आँखा अस्पतालले दाङ संगै छिमेकी जिल्ला सल्यान,रुकुम,रोल्पा, र कर्णालीका विभिन्न क्षेत्रमा पनि आँखा सेवा सेवा प्रवाह गर्दै आएको भन्दै उज्यालो अभियानमा सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो ।
त्यस्तै दाङ शाखा सचिव सुरेन्द्रबहादुर खड्काले स्थानीय सरकार संगको साझेदारीमा आफुहरुले विभिन्न स्थानमा अन्धोपन न्यूनिकरणका लागि साझेदारी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कार्यक्रममा शारदा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष किशोर कुमार हमाल, १४ का वडाध्यक्ष प्रकास पुन लगायतले अन्धोपन न्यूनिकरणका लागि साझेदारी कार्यक्रम मार्फत सहयोग गर्ने बताउनु भएको थियो ।
सो अवसरमा राप्ती आँखा अस्पतालमा प्रशासक किरण पौडेलले शारदा नगरपालिका सहित नेपालभरकै आँखा रोगीहरुको तथ्यांक र नेत्रज्योती संघले आँखा स्वास्थ्यका सन्दर्भमा खेल्दै आएको भुमिकाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । राप्ती आँखा अस्पताल वाह्य कार्यक्रम संयोजक नेत्र अधिकृत शालिकराम गौतमले मुख्यगरी मानिसका आँखामा लाग्ने रोग,लक्षण र ती समस्याका उपचारात्मक अभ्यासका विषयमा जानकारी गराउनु भएको थियो ।

