
sbs
Gfs
Pes
Sgr
cjs
Unsku
pku
Ggp
Lnp
Djs
Rgp1
Srbpu
Rgp
Pbu

Asm
Rgs
Bbbpu
Hal
Rgu
Bbu
Ksm
Sls
Pvg
Sbs
Ggd
Gst
Ssm
Rgu
Vor
nsb
Tsm
Wsp
Rsb

Abd
Syp
sab
Mks
Jmb
Bml
Gsb
Rmb
Rpp
bbt
Pls
Ptm
Jmb
दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पतालको आयोजना र एनएबीपी नर्वेको आर्थिक सहयोगमा लमही नगरपालिकामा आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भुमिका विषयक बिहीबार लमही नगरपालिकाका जनप्रतिनिधिहरुसंग छलफल भएको छ ।
संघका केन्द्रीय सदस्य तथा दाङ शाखाका सभापति कृष्ण कुमार गिरीको अध्यक्षता एवं लमही नगरपालिकाका नगरप्रमुख जाेगराज चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख चौधरीले लमही आँखा अस्पतालको लागि नगर कार्यपालिकाको बैठकद्वारा सबै कार्यपालिका सदस्यहरुसँग छलफल गरि आवश्यक बजेट छुटाइ दिने बताउनु भएको छ ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सह-कोषाध्यक्ष घनश्याम सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संघका प्रमुख प्रशासक सम्शेर थापाले नेपाल नेत्रज्योति संघ तथा दातृ निकायको बारेमा सहभागीहरुलाई संक्षिप्तमा जानकारी गराउदै आँखा स्वास्थ्य सेवा,दृष्टिविहीनताको अवस्था,स्वास्थ्यको हक र राष्ट्रिय स्वास्थ्य नीतिको बारेमा समेत प्रकास पार्नु भएको थियो भने दृष्टि विशेषज्ञ मदन चाैधरीले आँखा स्वास्थ्य सेवा सम्वन्धी आँखामा लाग्ने रोग, त्यसको रोकथाम र उपचार सम्वन्धी जानकारी दिनु भएको थियो ।
कार्यक्रममा लमही नगरपालिकाका उप-मेयर लक्ष्मी योगी,लमही नगरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसी (रमेश),वडा नम्बर ६ का वडा अध्यक्ष अध्यक्ष श्याम नारायण चौधरी,वडा नम्बर ३ का वडा अध्यक्ष मनोज चौधरी,वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रसद सुवेदी (सागर) वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरी,वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल,लमही नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लालमणी सुवेदी,नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाह,नेपाल नेत्रज्योति संघ दाङ शाखाका सल्लाहकार उमाकान्त पन्त,सचिव सुरेन्द्र बहादुर खड्का समाजसेवी एवं बुद्धिजीवीहरु शेषमणी गौतम,मधु न्यौपाने,गिरजा देवी न्यौपाने लगायतका वक्ताले बोल्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा सहभागी बोल्ने वडा अध्यक्षहरुले लमही आँखा अस्पतालसंग साझेदारी कार्यक्रम सञ्चालन गरि अन्धोपन न्यूनिकरण गर्नुका साथै आफ्नो कार्यकालमा खुलेर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
छलफल कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशम बहादुर खड्काले धन्यवाद ज्ञापन व्यक्त गर्दै लमही आँखा अस्पताल लुम्बिनी प्रदेशकै प्रमुख मुटुको रुपमा रहेको हुँदा यसको स्तर र उन्नतिको लागि खुलेर सहयोग गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्यहरु लगायत अन्य सम्बन्धित सरोकारवाला निकायको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन नेत्रज्योति संघ दाङका सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो ।
त्यस्तै उक्त छलफल कार्यक्रमको समापन गर्दै नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्ण कुमार गिरीले लमही नगरपालिकाका जनप्रतिनिधिले साथमा साथ काधमा काध मिलाएर अस्पतालको विकास गर्नु पर्ने र विशेषज्ञ डाक्टरहरुको अझै अभाव भएको हुँदा डाक्टर समेत व्यवस्था गरि अस्पतालबाट अन्य ठाउँमा गएर लिउने सेवा लमही अस्पतालद्वारा दिने ब्यबस्था गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
त्यस्तै उहाँले लमही आँखा अस्पतालमा अहिले पर्याप्त पूर्वाधार नभएको हुँदा बिरामीहरु बस्न र चिकित्सकलाई बस्न साह्रै गार्हो भएकोले पूर्वाधार निर्माणका निम्ति बाजेटको व्यवस्था गरि दिन जनप्रतिनिधिलाई अनुरोध गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।


