
cjs
Srbpu
Rgp1
pku
Sgr
sbs
Lnp
Pbu
Rgp
Djs
Ggp
Pes
Gfs
Unsku

Sls
Bbbpu
Ksm
Pvg
Ggd
Sbs
Rgu
Tsm
Gst
Rsb
nsb
Vor
Bbu
Hal
Wsp
Asm
Rgu
Rgs
Ssm

Rpp
Rmb
bbt
Ptm
Bml
Gsb
Syp
Jmb
Pls
sab
Jmb
Mks
Abd
कपिलवस्तु । ग्रामीण क्षेत्रका आँखाको बिरामी पहिचान गरी उपचारका लागि प्रेरित गर्न कपिलवस्तुका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।
छन्दे कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई सचेतना प्रदान गरेको छ । अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ ।
अस्पतालका प्रमुख प्रशासक शम्सेर थापा र आँखा स्वास्थ्य बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले सहजीकरण गर्नुभएको थियो । आँखालाई स्वस्थ राख्ने उपाय, आँखामा लाग्ने रोग र रोगका कारण, समुदायमा आँखा रोगीको अवस्थाको विषयका छलफल गरिएको थियो । जनतालाई मोतिविन्दु रोगबाट आँखाको ज्योति गुम्न नदिन नगरपालिकाले साप्ताहिक रुपमा आँखा जाँच शिविर सञ्चालन गरेको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो ।
त्यस्तै अस्पतालले स्थापना भएको १६ वर्षमा नौ लाख आँखा रोगीको उपचार गरेको नेपाल नेत्र ज्योति सङ्घ दाङका सभापति रेशमबहादुर खड्का बताउनुभयो । अस्पतालले हाल सम्म एक लाख २१ हजार मोतिबिन्दुका बिरामीको सर्जरी गरेको छ । वार्षिक औसत १० हजार बिरामीको सर्जरी गर्दै आएको अस्पतालका अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।
