जानू पाण्डे/कपिलवस्तु बिहिबार, आषाढ ०२, २०७९

कपिलवस्तु । ग्रामीण क्षेत्रका आँखाको बिरामी पहिचान गरी उपचारका लागि प्रेरित गर्न कपिलवस्तुका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।

छन्दे कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई सचेतना प्रदान गरेको छ । अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ ।

अस्पतालका प्रमुख प्रशासक शम्सेर थापा र आँखा स्वास्थ्य बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले सहजीकरण गर्नुभएको थियो । आँखालाई स्वस्थ राख्ने उपाय, आँखामा लाग्ने रोग र रोगका कारण, समुदायमा आँखा रोगीको अवस्थाको विषयका छलफल गरिएको थियो । जनतालाई मोतिविन्दु रोगबाट आँखाको ज्योति गुम्न नदिन नगरपालिकाले साप्ताहिक रुपमा आँखा जाँच शिविर सञ्चालन गरेको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तै अस्पतालले स्थापना भएको १६ वर्षमा नौ लाख आँखा रोगीको उपचार गरेको नेपाल नेत्र ज्योति सङ्घ दाङका सभापति रेशमबहादुर खड्का बताउनुभयो । अस्पतालले हाल सम्म एक लाख २१ हजार मोतिबिन्दुका बिरामीको सर्जरी गरेको छ । वार्षिक औसत १० हजार बिरामीको सर्जरी गर्दै आएको अस्पतालका अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]