Sidha Patra बिहिबार, आषाढ ०२, २०७९

राेल्पा । एक नाबालिक माथि जबर्जस्ती करणी गरेकाे अभियाेगमा एक जनप्रतिनिधि पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय मोहन केसी रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

यस्तै उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट त्रिवेणी गाउँपालिका वडा नम्बर ६ काे वडा सदस्यमा निर्वाचित भएका केसीले साेमबार दिउँसो करिब १२ बजे माडी गाउँपालिकाको वडा नम्बर १ की एक १४ वर्षीय नाबालिकलाई ललाई फकाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेकाे जानकारीपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।

त्यस्तै घटनाको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरी टाेलीले केसीलाई पक्राउ गरि इप्रका घर्तीगाउँमा प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा ७ दिनकाे म्याद थप गरि अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक जिसीले जानकारी दिए ।जनसहारा

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]