
Gis
Rgp
Gfs
Rgp
Cps
Srbpu
Lnp
Djs
Ggp
Sgr
Rmb
pku
cjs
Pbu
Rgp1
Unsku
Sds
Pes
sbs

Ggd
Bbbpu
Sbs
Pvg
Rgs
Hal
Wsp
Sls
Vor
Bbu
Rsb
nsb
Tsm
Gst
Rgu
Ksm
Asm
Rgu
Ssm

bbt
Jmb
Rpp
Ptm
Gsb
Bml
Pls
Abd
Jmb
Rmb
Syp
Mks
sab
दाङ । देउखुरी स्थित महिला उद्दमी सहकारी सँस्था हरुले आफ्ना कृषक हरुलाई प्रोत्साहन पुरस्कार धमाधम बितरण गरिरहेका छन् ।हेफर ईन्टरनेश्नल मार्फत महिला कृषकहरुले उत्पादन गरेको खसी, बोका र दूध बजारीकरण गरेको भन्दै महिला कृषी सहकारी हरुले प्रदेश सरकारबाट प्राप्त अनुदान रकमलाई प्रोत्साहन स्वरुप बितरण गरिरहेका हुन् । दाङमा रहेका ४ वटा महिला उद्दमी सहकारीमा आबद्द रहेका ३ सय १२ जना बाख्रा पालक कृषक र १ सय ८३ भैंसी पालक कृषकहरु गरि ४ सय ९५ जना कृषकलाई प्रोत्साहन पुरस्कार बितरण गर्न लागिएको हो ।
उत्पादन प्रबर्द्वनमा आधारित कृषक सहयोग कार्यक्रम अन्तरगत खसी, बोका र दुध बिक्रिमा अनुदान बितरण कार्यक्रम मार्फत कृषकको मनोबल बृद्दि गर्न प्रोत्साहन स्वरुप पुरस्कार बितरण गर्न लागिएको हेफर ईन्टरनेश्नलका बरिष्ठ अधिकृत शरद पोख्रेलले जानकारी दिनुभयो । भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपंछि तथा मत्स्य बिकाश निर्दशनालय बुटवलले कृषक अनुदान भनेर १५ लाख, ३३ हजार, ६ सय ३५ रुपैया ५० पैशा उपलब्ध गराएको छ ।जसमध्य दिपन सामाजिक उद्दमी महिला सहकारी सँस्था लमही ८ बिच्कागाउँले १ सय ३५ जना कृषकहरु लाई आईतबार २ लाख ८२ हजार ४ सय ७५ रुपैया बितरण गरिसकेको छ । त्यस्तै लमही–९ मा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका १ सय ८४ किसानले ६ लाख ४९ हजार १ सय २५ रुपैया, लमही–१ मा रहेको निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध ५१ जना किसानले १ लाख ५३ हजार ४ सय ८७ रुपैया, सोही सँस्थामा आबद्द १ सय ८३ जना भैंसी पालक कृषकका लागि ३ लाख १० हजार ७ सय ९८ रुपैया र लमही–२ मा रहेको समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध ४३ जना किसानले एक लाख ३७ हजार ८ सय ७५ रुपैया अनुदानमा पाउँदैछन् । प्रदेश सरकारले दाङमा क्रियासिल ४ वटा महिला कृषक सहकारीमा आबद्द रहेका बाख्रा पालक कृषकका लागी १३ लाख ८० हजार १ सय ४८ रुपैयाँ र दुधका लागि भैंसी पालक कृषकलाई ३ लाख १० हजार ७ सय ९८ रुपैया गरी १५ लाख,३३ हजार, ६ सय ३५ रुपैया ५० पैशा उपलब्ध गराएको हो । सम्बन्धित कृषकले नै अनुदान पाउन भन्दै सहकारीले कृषकको नाममा खाता खोली अनुदान रकम उपलब्ध गराउँदैछ । दिपन सहकारीले बितरण गरिसकेको छ भने कर्मठ सहकारीले सोमबार अनुदान रकम बितरण गर्ने जनाएको छ । अन्य २ सहकारी निलकमल र समुन्नतीले केही दिनमै खाता खोली अनुदान रकम उपलब्ध गराउने जनाएका छन् ।
अनुदान पाउँदा किसान हर्षित
दिपन सहकारीमा आबद्द रहेकी निर्मला शर्माले १ बर्षअघि सहकारी मार्फत ४ सय ३४ किलो खसी बोका बिक्री गरिन् । सहकारी मार्फत बिक्री गरेको भन्दै प्रोत्साहन स्वरुप उनले १० हजार ८ सय ५० रुपैया पाईन । त्यस्तै ईन्द्रादेवी चौधरीले २ सय ९६ किलो खसी बोका बजारीकरण गरेको भन्दै ७ हजार ४ सय रुपैया अनुदान पाईन । उनिहरु जस्तै सहकारी मार्फत खसी बोका तथा दूध सहकारी मार्फत बजारीकरण गर्ने कृषक हरुले अनुदान पाएका हुन् । अनुदान पाउँदा कृषक हरु उत्साहित बनेका छन् । १ चोटि खसी बोका बिक्री गरेर सम्मान सहित अनुदान पाउँदा उनिहरु हर्षित बनेका हुन ।
