
cjs
Djs
Gfs
Sgr
sbs
Pbu
Pes
Ggp
Rgp
Lnp
Srbpu
Unsku
Rgp1
pku

Ksm
Rgu
Gst
nsb
Rgu
Sbs
Pvg
Asm
Ggd
Ssm
Sls
Hal
Vor
Wsp
Rsb
Tsm
Rgs
Bbu
Bbbpu

bbt
Gsb
Abd
Bml
Ptm
sab
Jmb
Jmb
Rpp
Rmb
Pls
Syp
Mks
दाङ । ध्रुमपान तथा सुर्तीजन्य पदार्थकाे प्रभाव र नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार घाेराहीमा सम्पन्न भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र हेल्थ टुडे मासिककाे संयुक्त आयाेजनामा आज भएकाे कार्यक्रममा सुर्तीजन्य बस्तुकाे प्रयाेगले मानव स्वास्थ्यमा परिरहेकाे क्षति र असरबारे जानकारी गराउदै सराेकारवालाकाे भुमिका कार्यान्वयनका पक्षमा छलफल गरिएको हाे । हेल्थ टुडेका अध्यक्ष पदमराज जाेशीले विश्वमा ८० लाख मानिस धुम्रपान सेवनका कारण हुने गरेकाे बताउनुभयो ।
यस्तै नेपाल हेल्थ रिसर्च काउन्सिलका अनुसार नेपालमा पनि २७हजार १३७ जना मानिसकाे नेपालमा वार्षिक मृत्युु हुने गरेकाे तथ्यांक प्रस्तुत गर्नुभयो । नसर्ने राेगकाे रुपमा बिकराल बन्दै गएकाे सुर्तीजन्य राेगका कारण ठुलाे मात्रामा स्वास्थ्य, आर्थिक,सामाजिक क्षति हुने भएको हुँदा यसकाे नियन्त्रण गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा जाेड दिनुभयो ।
नियमनका लागि राज्यले सुर्तीजन्य बस्तुमा कर वृद्धिले मात्रै नपुग्ने भन्दै स्वास्थ्य सुचना र सचेतना निरन्तर प्रवाह गर्नु पर्ने तथा ऐन कानुन कडाइका साथ लागू गर्नुपर्ने उहाँको भनाइ थियाे । साे अवसरमा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले सार्वजनिक स्थलमा, सार्वजनिक या निजि सवारीमा,सुर्तीजन्य बस्तुकाे पकेट ७५ प्रतिशत सचेतना, संचारमाध्यममा प्रचारप्रसारमा राेक प्रभावकारी बनाउन सके मात्रै धेरै सफलता मिल्ने बताउनुभयाे ।
यस्तै,ऐन कानुन परिपालनामा कडाइ गर्ने, सचेतना फैलाउने, प्रयाेगकर्ता स्वयंले व्यवहार परिवर्तन गर्नुपर्नेमा जाेड दिनुभयो । आफ्नै जीवनसँग जाेडिएकाे नसर्ने राेग अत्यन्तै जटिल बन्दै गएकाले सबै पक्ष गम्भीर बन्नु पर्ने बताउँदै नियमन गर्ने निकायले कडाइका साथ कारवाही गर्नुपर्ने उहाँको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा दाङमा सुर्तीजन्य बस्तुकाे प्रयाेगले पारेकाे असर र देखा परेका समस्याका बारेमा बृहत् छलफल भएको थियाे । कार्यक्रमकाे सहजीकरण लाेकराज भट्टले गर्नुभएको थियाे ।
