
Rgp
Lnp
ksb
Asb
Lks
Dus
Usb
Dbs
lnp
Rgp
Rgp
Sgp
Pbu
Ggp
Jns
Rgp
Ggp


दाङ । जिल्ला समन्वय समिति दाङमा नेकपा एमाले पछि हटेपछि गठबन्धनका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।
यहीँ जेठ २९ गते हुने जिल्ला समन्वय समितिकाे निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारी दर्ता प्रक्रियामा सत्ता गठबन्धनकाे मात्रै उम्मेदवारी परेपछि गठबन्धन निर्विरोध निर्वाचित भएको छ। नेकपा एमालेले कुनैपनि पदमा उम्मेदवारी दर्ता नगरेपछि गठबन्धन निर्वाचित भएको हाे।
जसअनुसार प्रमुखमा नेपाली काङ्ग्रेसका नित्यानन्द शर्मा र उपप्रमुखमा पनि नेपाली काङ्ग्रेसकै चेतना चाैधरी निर्वाचित भएका छन् । प्रमुख शर्मा स्थानीय तहकाे निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएका हुन भने उपप्रमुखमा चाैधरी बबई गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएकी हुन् ।
त्यस्तै अन्य सदस्यमा नेपाली काङ्ग्रेसबाट तर्फबाट कुलबहादुर बुढा (खुला सदस्य )लमही नगरपालिका वडा नं. ७, हरिदेवी पाेख्रेल (महिला सदस्य ) घाेराही उपमहानगरपालिका वडा नं. ९,सरस्वती नेपाली ( दलित महिला सदस्य ) तुलसीपुर उपमहानगरपालिका वडा नं. १४,जुनकुमारी बुढा (महिला सदस्य )घाेराही उपमहानगरपालिका वडा नं. १४ र कल्पना शेर्पाइली (महिला सदस्य ) घाेराही उपमहानगरपालिका वडा नं. १३ सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै गठबन्धन नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टाेपाराम चाैधरी (खुला सदस्य ) दङ्गीशरण गाउँपालिका वडा नं. ३ र द्रुपति चाैधरी ( खुला सदस्य) राप्ती गाउँपालिका वडा नं. ३ बाट निर्विरोध निर्वाचित भएका हुन् ।
