Sidha Patra बुधबार, जेठ २५, २०७९

दाङ । दाङ जिल्ला समन्वय समितिको जेठ २९ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गरिएको छ । समितिमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

समितिको प्रमुखमा नेपाली कांग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी रहेको छ । शर्मा स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नम्बर ७ बाट सदस्यमा निर्वाचित भएका थिए ।

उपप्रमुखमा कांग्रेसकै तर्फबाट चेतना चौधरीको उम्मेदवारी रहेको छ । चौधरी स्थानीय तहको निर्वाचनमा बबई गाउँपालिका वडा नम्बर ७ बाट सदस्यमा निर्वाचित भएकी हुन् । त्यस्तै सदस्यमा नेपाली कांग्रेसबाट खुला सदस्यका कुलबहादुर बुढा, महिला सदस्यमा हरिदेवी पोख्रेल,दलित महिला सदस्यमा सरस्वती नेपाली,महिला सदस्यमा जुनकुमारी बुढा र कल्पना शेर्पाइलीको उम्मेदवारी रहेको छ ।

त्यस्तै खुला सदस्य बुढाले स्थानीय तहको निर्वाचनमा लमही नगरपालिका वडा नम्बर ७ बाट सदस्यमा निर्वाचित भएका हुन् । महिला सदस्य घोराही उपमहानगरपालिका वडा नं। ९ बाट, दलित महिला सदस्य नेपाली तुलसीपुर उपमहानगरपालिका वडा नं। १४ ,महिला सदस्य घोराही उपमहानगरपालिका वडा नम्बर १४ र महिला सदस्य शेर्पाइली घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाट सदस्यमा निर्वाचित भएका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]