
Srbpu
Djs
pku
Unsku
Sgr
Pbu
Pes
Ggp
Lnp
Rgp
sbs
Rgp1
cjs
Gfs

Rgs
Bbbpu
Tsm
Bbu
Rgu
Gst
nsb
Rsb
Wsp
Rgu
Hal
Vor
Sls
Asm
Ssm
Sbs
Pvg
Ggd
Ksm

Pls
Mks
Bml
bbt
Abd
Rpp
Ptm
Syp
Rmb
Jmb
sab
Jmb
Gsb
गुल्मी । सोमबार दिउँसो गुल्मी अस्पतालमा एक्कासी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारु छड्के जाँचका लागि आइपुगेपछि अस्पतालका चिकित्सकदेखि विकास समितिका पदाधिकारीहरु अक्क न बक्क परे ।
मन्त्री थारुले अस्पताल निरीक्षणपछि ‘ब्रिफिङ’सुने । दैनिक बिरामीको संख्या साढे दुई सयको हाराहारीमा हुने गरे पनि सोमबार ४५० जना बिरामी आएका थिए । ७ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा जम्मा एक जना चिकित्सकमात्र कार्यरत थिए । तर पनि मन्त्री थारुले जनशक्तिको चरम अभावका बाबजुद अन्य जिल्ला अस्पतालको तुलनामा गुल्मी अस्पताल निकै व्यवस्थित र सेवा प्रवाहमा अब्बल रहेको आफूले पाएको बताए ।
त्यस्तै उनले चिकित्सकको अभाव पूर्ति गर्न प्रदेश सरकारले प्रयास गर्दा समेत नसकेको सुनाए । ‘डाक्टरको अभाव पूर्ति गर्न प्रदेश सरकारले नयाँ कार्यविधि बनाएको छ । दुर्गम क्षेत्रमा डाक्टरहरु सरुवा भएर आउन त मान्दैनन् तर उनीहरुलाई पालैपालो दुर्गमका अस्पतालमा कम्तीमा पनि तीन महिना काजमा आउन कार्यविधिले निर्दिष्ट गरेको छ र पनि डाक्टर आउने छाँट देखिएको छैन,’ मन्त्री थारुले भने । उनले जिल्ला स्थित राजनीतिक दल र अस्पताल विकास समितिले जिल्लामै घर भएका डाक्टरहरुलाई गाउँवासीको सेवा गर्न आलोपालो गरेर आई दिनुपर्यो भनेर आग्रह गरी ल्याउन सके उनीहरुलाई अतिरिक्त पारिश्रमिकको ब्यवस्था गर्न स्वास्थ्य मन्त्रालय तयार हुने अश्वासन दिए ।
यस्तै सो अस्पतालको कुल दरबन्दी ५९ जना रहेकोमा २१ जनामात्रै कार्यरत रहेको विवरण पनि मन्त्री थारुले सुने । डाक्टरको दरबन्दी संख्या ७ भए पनि अहिले एक जनामात्रै कार्यरत रहेको र अरु अन्यत्रै काजमा बसेको त्यहाँका स्वास्थ्यकर्मीले बताए । अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले ३ जना डाक्टर करार सेवामा राख्नु परेको जानकारी गराए । उनले तत्काल अस्पतालको समस्या समाधानका लागि मन्त्रीसँग आग्रह गरेका थिए ।
त्यसैगरी जवाफमा मन्त्री थारुले चमेनागृह सञ्चालन, अक्सिजन प्लाण्टमा पाईप लाइन विस्तार र अस्पताल सुदृढिकरणका लागि आवश्यक रकम प्रदेश सरकारले पठाउने प्रतिबद्धता जनाए । उनले नेपाल सरकारबाट निःशुल्क भनिएका औषधि र उपचारबाट जनतालाई बञ्चित नगराउन आग्रह गर्दै विशेष गरी सुत्केरी महिला र मातृ स्वास्थ्य सेवामा जोड दिन अस्पताल प्रशासनलाई निर्देशन समेत दिए ।
उक्त अस्पतालमा गुल्मी,अर्घाखाँची,प्युठान सहित ४ जिल्लाका बिरामीले उपचार गराउने गर्छन् । त्यस अस्पताल ५० शय्याको घोषणा भएको झण्डै चार वर्ष बित्दा पनि घोषणा मै सीमित रहेको छ ।
मन्त्री थारु समक्ष निमित्त जिल्ला स्वास्थ्य प्रमुख पशुपति आचार्य,जनस्वास्थ्य निरीक्षक खिमबहादुर ज्ञवाली,निमित्त मेसु डाक्टर श्रृति सिलवाल,पूर्व अध्यक्ष बिरबहादुर कार्की र वर्तमान अध्यक्ष पाण्डे लगायतले समस्या सुनाएका थिए । यद्यपि मन्त्री थारुले समस्या समाधानका लागि ठोस प्रतिवद्धता भने जनाएनन् ।रातोपाटी
