Sidha Patra बिहिबार, जेठ १२, २०७९

दाङ । पेट्रोलियमको पदार्थको मुल्य वृद्धिको बिरुद्धमा राष्ट्रिय प्रजातान्त्र पार्टी दाङ क्षेत्र नम्बर १ ले बिहीबार लमहीमा बिरोध र्‍याली प्रदर्शन सहित कोणसभा सम्पन्न गरेको छ ।

लमही नगर अध्यक्ष गोरक बहादुर केसीको अध्यक्षताअ सम्पन्न भएको कोणसभामा राप्रपाका लुम्बिनी प्रदेश सदस्य हिरालाल खड्का,जिल्ला दाङका उपाध्यक्ष गिरिजा चौधरी,नगर सदस्य शोभाकर घिमिरे,नागरिक समाजका नेत्रराज सिं ठकुरी लगायतकाका वक्ताले बोल्नु भएको थियो ।

त्यस्तै बिरोध र्‍यालीमा संघीयता खारेज गर,मुल्य वृद्धि फिर्ता गर,नालायक सरकार मुर्दावाद लगायतको नारा प्रदर्शन गरिएको राप्रपाका नेता राजु शाही ठकुरीले बताउनु भयो । यस्तै शाहीका अनुसार पेट्रोलियम पदार्थको मुल्य वृद्धि तत्काल फिर्ता नगरे अझ सशक्त भएर बिरोध कार्यक्रमहरु गर्ने सिधा-पत्र डटकमलाई जानकारी दिनु भयो ।

यस्तै कार्यक्रममा धन्यवाद ज्ञापन क्षेत्रीय अध्यक्ष लिलाराम यादवले दिनु भएको थियो भने कार्यक्रमको संचालन नगर सचिव कमल न्यौपाने गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]