Sidha Patra आइतबार, जेठ ०८, २०७९

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चालू आर्थिक वर्ष वितेकाे १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन् ।

यस्तै ५ हजार २ सय ६ जनाले अन्तरंग सेवा लिएका छन् । आज प्रतिष्ठानले पत्रकार सम्मेलन गरि पछिल्लो समय प्रदान गरेकाे सेवासँगै आगामि दिनमा थप्न लागेकाे स्वास्थ्य सेवाकाे बारेमा जानकारी गराउँदै आम नागरिकले प्रभावकारी स्वास्थ्य सेवा लिन सफल भएको बताएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेकाे अध्यक्षतामा भएको कार्यक्रममा सबै खालका स्वास्थ्य सेवाकाे स्तर बढाउदै लगेकाे जानकारी गराईएकाे छ । बैशाख १ गतेबाट २४ सै घण्टा निशुल्क प्रसुति सेवा, मेशिन थप गरि डाईलाईसिस सेवा, सिकलसेल एनिमियाकाे सेवा, सामाजिक सुरक्षा सेवालगायत थुप्रै विशेषज्ञ सेवा विस्तार भएकाे प्रतिष्ठानका रजिस्ट्रार डा. प्रकाश थापाले जानकारी गराउनुभयाे ।

यस्तै आगामी दिनमा मेडिकल स्वास्थ्यलाई अझ विशिष्टिकृत गर्दै लैजान सिंगाे अस्पताल प्रशासन, मेडिकल टाेलीले विशेषज्ञसहितकाे सहज स्वास्थ्य सेवा प्रदान गर्न अघि बढेकाे बताउनुभयो ।
कार्यक्रममा प्रसुति राेग विशेषज्ञ वसन्त लामिछाने, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतलगायतले बिरामीमैत्री सेवा प्रवाहका लागि आफुहरु लागि परेकाे बताउनुभयाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]