
Nssbus7
Ratbs
Gsl
Rbs
Jsbus
Bksbus5
Amb
Ssbus
syysr
dsbus
gms
Pbu
Gsbus
Ddhbs
Syees
Csbus

Rgu
Sls
Vor
Bbbpu
Pvg
Ssm
Asm
Gst
Wsp
Tsm
nsb
Ksm
Rgu
Hal
Sbs
Bbu
Rsb
Ggd
Rgs

bbt
Gsb
Rmb
Syp
Jmb
Pls
Jmb
sab
Ptm
Rpp
Abd
Mks
Bml
दाङ । साहित्यकर्मिहरुले राजनितिक बिकृति र बिसंगतिलाई ट्रायाकमा ल्याउन खर्बदारी गरिरहनु पर्ने मंगलवार देउखुरीको गढवामा आयोजित एक कार्यक्रममा बताएका छन् । नेपाली साहित्य संसार अन्र्तराष्ट्रिय सञ्जालको दोस्रो बाषिकोत्सव समारोह तथा जिल्ला स्तरीय कविता प्रतियोगिताको कार्यक्रममा बोल्ने अधिकांश साहित्यकारहरुले यस्तो बताएका हुन् ।
देउखुरी साहित्य मंच र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना एवं नेपाली साहित्य संसार अन्र्तराष्ट्रिय संजालको प्रायोजनमा भएको कार्यक्रममा नेपालको राजनिती बिकृति र बिसंगतिमा जकडिएको भन्दै चिन्ता प्रकट गरिएको छ । स्वदेशका सिता खाएर बिदेशको गिता गाउने संस्कारबाट नेपालको राजनिती गुज्रीरहेको भन्दै राजनितिक बिकृतीलाई टे«यकमा ल्याउन लेखक साहित्कारहरुको भूमीका महत्वपुर्ण रहने कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बताएका हुन् । साहित्यमा राष्ट्रवादको प्रेम र स्नेह हुन्छ । जसले राजनितीक बिकृतीलाई प्रहार गरिरहेको हुन्छ नेपाली साहित्य संसार अन्तर्राष्ट्रिय संजालका अध्यक्ष तथा बरिष्ठ साहित्यकार शैलेन्दु प्रकाश नेपालले भन्नुभयो । दुई चरणमा सम्पन्न कार्यक्रम सञ्जालका अध्यक्ष नेपाल र देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा बरिष्ठ साहित्यकार डा.कृष्णराज डिसी को प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो ।
सो अवसरमा नेपाली साहित्य जगतमा लेखन बिधाको माध्यमबाट योगदान दिनुहुने आछामका निभा शाह,पाल्पाका जनक कार्कि र दाङका शुसील गौतम हापुर लाई अभिनन्दन गरिएको थियो ।
सञ्जालको दोश्रो बार्षिकोत्सव समारोहमा आयोजित जिल्ला स्तरीय कविता प्रतियोगितामा शंकर निम्न माध्यमिक बिद्यालय पिपरीका छात्रा अनिता सुन्दास प्रथम,रोजीबर्डस वालबाटीका लमहीका सुदिक्षा सिंह ठकूरी द्धितिय, आदर्श माबि देउपुरक सुगम भण्डारी तृतिय र ज्योतिषमति बिद्यापिठ लमहीका पुष्पा घिमिरे तथा युएस एमबीसी द्धारा संचालित सतबरीयाका अनिष परियारले सान्त्वना स्थान प्राप्त गरि पुरस्कृत हुनु भएको छ । प्रतियोगिताको निर्णायकमा देवि प्याकुरेल,भावना न्यौपाने भवानी र हरेकृष्ण ज्ञवाली रहनु भएको थियो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार शैलेन्दु प्रकाश नेपाल, डा.कृष्णराज डिसी,स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष केबि मसाल,लुम्बिनी प्रदेश वाङ्मय प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष हरी पोखे्रल,शिबगढी साहित्य संगम कपिलबस्तुका अध्यक्ष अर्जुन कुमार पौडेल,नेपाली साहित्य संसार अन्र्तराष्ट्रिय सञ्जालका उपाध्यक्ष निमबहादुर थापा,थारुभाषा तथा साहित्य संरक्षण मञ्चका अध्यक्ष छविलाल कोपिला, अबधि सांस्कृतिक बिकास परिषद दाङका अध्यक्ष जगतराम यादव, प्रगतिशील लेखक संघ दाङका उपाध्यक्ष रेशम बिसी,साहित्यकारहरु किशोर चन्द्र गौतम, जनक कार्की,निभा शाह,रविलाल आचार्य,हिमोढ पहाडी,भावना न्यौपाने भवानी, शेरबहादुर चौधरी,राधा गौतम,तेज खनाल,हिमा भुसाल प्रकृति,हरेकृष्ण ज्ञवाली,देवि प्याकुरेल, आषिश कल्पबृक्ष,केशब घिमिरे लगायतले शुभकामना मन्तब्य तथा रचना वाचन गर्नुभएको थियो । देउखुरी साहित्य मञ्चका उपाध्यक्ष राधा गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन मञ्चका सचिव शिबराज पन्थीले गर्नुभएको थियो । कार्यक्रमलाई फेसबुक लाईभ प्रसारण गरिएको थियो ।

