
Gst
Sebsg
gst
Gipsg
Pbu
Unsku
Gmssl
Gsg
Gipsg

nsb
Rgs
Sbs
Pvg
Ggd
Hal
Ssm
Bbu
Ksm
Gst
Asm
Wsp
Vor
Tsm
Rgu
Rsb
Bbbpu
Sls
Rgu

Syp
Pls
Rmb
Jmb
bbt
Rpp
Ptm
Abd
Jmb
sab
Mks
Bml
Gsb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उमेदवार रजत प्रताप शाह तथा उपप्रमुख पदकी उम्मेदवार आरती कुर्मी बहुसंख्यक समर्थकका साथ घर दैलो अभियान गरेका छन् ।
कृष्णनगर नगरपालिका विभिन्न वडाका कांग्रेस पार्टी बाट उमेदवारी दिएका वडाध्यक्ष तथा वडा सदस्य लगायत नेपाली कांग्रेस पार्टी समर्थक नेता तथा जनताका साथ घरदैलो अभियानमा समावेश रहि जनता संग भोट माग्न व्यस्त रहेका थिए ।
कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा आफ्नो मन्तव्य राख्दै मेयर उमेदवार रजत प्रताप शाहले आफू पांच बर्ष जनताको बिचमा रहि जनता प्रति वफादार रहि काम गरेको र आफूले धर्म, जातपात, भन्दा मानवतावादी भै जनता प्रति समर्पित रहेको बताउदै नगर भित्र चलिरहेको विकासका कार्यलाई निरन्तरता दिने चाहना रहेकाले पुन स्थानीय चुनावमा भोट दिएर आफूलाई जिताउन सबैसंग अनुरोध गरेका थिए ।
निवर्तमान नगर प्रमुख रजत प्रताप शाह कृष्णनगरको प्रत्येक घरमा पुगि आफूलाई पुन एक पटक भोट दिन मतदाता संग आग्रह गरेका थिए । निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा नेपाली कांग्रेस पार्टी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । उक्त घरदैलो कार्यक्रममा संघीय सांसद अभिषेक प्रताप शाह, नेपाली कांग्रेसका नेता अकिल मियाँ लगायत बहुसंख्यक समर्थक हरूको सहभागिता रहेको थियो ।
