
Rgp1
Pes
Lnp
pku
Gis
Gfs
Sgr
Ggp
Rgp
Cps
Rmb
cjs
sbs
Unsku
Sds
Djs
Rgp
Pbu
Srbpu

Rsb
Wsp
Rgu
Sls
Vor
Rgs
Rgu
Ssm
Bbu
Bbbpu
Tsm
nsb
Ksm
Gst
Sbs
Asm
Pvg
Ggd
Hal

Rmb
Ptm
Pls
Jmb
bbt
sab
Abd
Bml
Syp
Jmb
Gsb
Rpp
Mks
दाङ । यही बैशाख ३० गते हुने पालिका तह चुनावको तयारीस्वरुप दाङको बंगलाचुली गाउँपालिकामा आज नमूना मतदान गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङको आयोजनामा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटीमा नमूना मतदान कार्य सम्पन्न गरिएकोहो ।
नमूना मतदानमा विभिन्न स्थानबाट आएका ६४ जनाले मतदान कार्यमा भाग लिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । जसमा संयुक्त गठबन्धन तर्फका ५ वटा नमूना मतपत्रमा बदर देखिएको प्रदेश निर्वाचन कार्यालय दाङका शाखा अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश निर्वाचन कार्यालयले दाङको एकमात्र ठाउँमा नमूना मतदान गर्ने योजना स्वरुप दाङको विकट पालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकालाई छनौट गरिएको हो । जहाँ गरिएको नमूना मतदानबाट यस पटको निर्वाचनमा बदर मतको संख्या कम हुने आशा राखिएको उहाँले बताउनुभयो ।
नागरिकले एकपटक पालिका तहको चुनावमा भाग लिइसकेको र निर्वाचन आयोग तथा दलका उम्मेद्वारहरुबाट विभिन्न तहबाट मतदाता शिक्षाको कार्यक्रमहरु सञ्चालन गरिरहेको हुँदा बदर मतको संख्यामा कमि देखिएको शाखा अधिकृत बुढाथोकीले जानकारी दिनुभयो ।
नमूना मतदान कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण प्रसाद भण्डारी,शाखा अधिकृत रेवतबहादुर बुढाथोकी, सूचना अधिकारी गेहेन्द्र कुवर ,बंगलाचुली गाउँपालिकाका प्रुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेय,लगाएतको सहभागिता रहेको थियो ।
नमूना मतदान कार्यक्रममा बंगलाचुली गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार तुलसीराम पुनमगर शुवास,उपाध्यक्ष पदका उम्मेद्वार भक्तबहादुर जिसीले समेत भाग लिनुभएको थियो ।
