
Sdc
Lnp
Msbus
Ggp
Ksbus
Asbus
Ggp
Rgp
Ksbus

दाङ । देउखुरीको लमही स्थित रातो डाँडामा संचालन रहेको लमही आँखा अस्पताललाई राजपुर गाउँपालिकाले थप सेवा प्रदानको लागि जेनेरेटर सहयोग गरेको छ ।
अस्पतालको मागबमोजिम गाउँपालिकाले आर्थिक वर्ष २०७८/ ०७९ को नवौं सभाद्वारा कुल ७ लाख रकम विनियोजन गरेर आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनु भयो ।
गाउँपालिकाद्वारा प्राप्त ७ लाख र अस्पतालको २ लाख २५ हजार गरि जम्मा ९ लाख २५ हजारको ६२.५ केभिएको महेन्द्र नामक जेनेरेटर खरिद गरिएको अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिनु भयो ।
यस अघि करिब १५ वर्ष पुरानो जेनेरेटरबाट अस्पतालमा हालसम्म काम चलिरहेको थियो भने अहिले गाउँपालिकाले सहयोग गरेपछि सो अस्पतालमा थप सेवा विस्तारको कार्यमा सहयोग पुगेको अस्पतालका प्रमुख प्रशासक थापाले बताउनु भयो ।
त्यस्तै उक्त आर्थिक सहयोग गरेर अस्पतालको सेवा विस्तार गर्ने कार्यमा सहयोग पुर्याए बाफत गाउँपालिका अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि प्रति लमही आँखा अस्पतालका प्रशासनीक समितिका संयोजक घनश्याम सुवेदीले विशेष हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।
