
Ksb
Tgp
jsb
Nsb
Gsb
Fmb
Rks
Ksb
Ppu
Bsn
Csb
Ssb
Ssb
Usb
Ksb
Rsb

Ssb
Hl1
Tsb
Usb
Gsb

Rgu
Nps
ptl
दाङ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्नको लागि जारी भएको निर्वाचन आचारसंहिताको कार्यान्वयन पूर्ण रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले आज एक सूचना जारी गर्दै सबै सरकारी कार्यालयहरु संघ,प्रदेश र पालिकाले अत्यावश्यक सेवाहरु एम्बुलेन्स,दमकल,फोहोर संकलन आदि बाहेकका अन्य सवारी साधनहरु आचारसंहिता अनुरुप सरकारी कार्यालय काममा बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न सचेत गराउनुभएको छ ।
यस्तै,सरकारी सवारी साधनहरु जिल्ला बाहिर जानुपर्दा अनिवार्य रुपमा यस कार्यालयको पूर्व स्वीकृति वा अनुमति लिनुपर्ने सूचनामा जनाइएको छ । जिल्लामा रहेको नदीजन्य पदार्थहरु उत्खननको लागि नियमानुसार टेण्डर स्वीकृत भएका बाहेक अन्य प्रक्रिया अमानत आदिबाट नदिजन्य पदार्थहरूढुंगा, गिट्टी, बालुवा उत्खनन तथा संकलन नगर्न पनि सूचनामार्फत सचेत गराइएको छ ।
