
Ggp
Sgr
Srbpu
Lnp
Rgp1
Pbu
Rgp
pku
Unsku

Asm
Sls
Pvg
Ksm
nsb
Hal
Bbu
Ssm
Vor
Bbbpu
Tsm
Ggd
Rgs
Rsb
Sbs
Wsp
Gst
Rgu
Rgu

bbt
Rpp
Jmb
Bml
Mks
Jmb
Gsb
Rmb
Pls
Ptm
sab
Abd
Syp
दाङ । पत्रकारले सहि र सत्य तथ्यमा आधारित समाचार लेख्नुपर्ने बुधवार लमहीमा आयोजीत एक कार्यक्रममा जोड दिइएको छ ।
लमही नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको पाँच दिने पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिताको मुल्य मान्यतामा आधारित रहेर खोजी पत्रकारिता गर्नुपर्नेमा जोड दिइएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पनन कार्यक्रमलाई सम्वोधन गर्दै मेयर केसीले पत्रकारिताको माध्यमबाट सधैं नकारात्मक कुराहरु मात्रै पश्किनुपर्छ भन्ने नरहेको, सकारात्मक चिन्तन र भावनाको विकास गर्न पत्रकारिताको माध्यमबाट भूमिका खेल्नुपर्ने बताउनु भयो । पत्रकारिताको विकास भए मात्रै समृद्ध मुलुक बनाउन सकिने भन्दै उहाँले लमही नगरपालिकाले पत्रकारिता क्षेत्र संग सहकार्य गरेर अघि बढ्न चाहेको उल्लेख गर्नु भयो ।
बिशिष्टि अतिथि लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासेले पत्रकारले सही समाचार संप्रेषण गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्य, नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय अध्यक्ष मुरारीकुमार शर्मा, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष केपी घिमिरे, अग्रज पत्रकार निमबहादुर थापा, राधेश्याम गुप्ता लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो । तालिममा लमही नगरपालिका भित्रका ९ वटै वडाका पत्रकारिता क्षेत्रमा रुची राख्ने र लमही नगरपालिका भित्र क्रियासिल पत्रकारहरुको सहभागीता छ ।
नेपाल पत्रकार महासंघका सहसचिव दशरथ घिमिरेको स्वागत र उपाध्यक्ष सन्तोष सुवेदीको बिषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितले गर्नु भएको थियो ।

