
Ssbus
Gis
Ksbus
ebg
Gsl
Lsbus
Gss
Ssbus
Gis
Nssbush
Gis
Lsbus
Rsbus
Ksbus
bpmhl
Ksbus
Gsbus
Pbu
Bsbus
Gsbus

Wsp
Ggd
Ssm
Gst
Sls
nsb
Bbu
Rgu
Rgu
Ksm
Pvg
Sbs
Asm
Tsm
Bbbpu
Rsb
Rgs
Vor
Hal

sab
bbt
Rmb
Abd
Ptm
Jmb
Rpp
Mks
Jmb
Gsb
Syp
Bml
Pls
दाङ । लमहीमा जारी जिल्ला स्तरिय टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले लगातार दोस्रो जित हाँसिल गरेको छ ।
मँगलबार भएको पहिलो खेलमा गोरखा मोडल क्रिकेट एकेडेमीलाई ६६ रनले हराउँदै लमही नगरपालिका वडा नम्बर ७ लगातार दोस्रोचोटी बिजयी बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा १ सय ५२ रनको योगफल तयार गय्रो ।
वडा नम्बर ७ का लागि बिजय भुषालले सर्बाधिक ४० रनको योगदान दिए । उनले २ छक्का र ४ चौका प्रहार गरे । वडा नम्बर ७ का लागि गतिलो टार्गेट निर्माणमा उनको उल्लेख्य भुमिका छ । ७ औँ नम्बरमा ब्याट समाउन पुगेका भुषाल मैदानमा प्रबेश गरे सँगै खेल नै बद्लियो । सुरुवाती प्रदर्शन खासै राम्रो नभएपनी भुषालको ईन्ट्रीले खेलनै रोमाञ्चक बन्यो ।
त्यस्तै ओपनर ब्याट्सम्यान नवीन आचार्यले १ छक्का र २ चौकाको मद्धतले २६ रनको योगदान दिए । वडा नम्बर ७ को योगफल तयार गर्न सनम श्रेष्ठ र सुरेश दर्लामीले समान २/२ चौकाको मद्धतमा क्रमश १४ र ९ रनको योगदान दिए । सन्देश केसीले १ चौका सहित १० रन बनाए भने सुरज धितालले ११ रन प्रहार गरे । गोरखा मोडलका लागि राज कुमार कुमाल र बिष्णु सिँहले क्रमश ४ र ३ विकेट हात पारेपनी वडा नम्बर ७ लाई सस्तैमा समेट्न भने सकेनन् । त्यस्तै कमल वली र दिनेश कँवरले समान १/१ विकेट लिए ।
१ सय ५३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको गोरखा मोडल क्रिकेट एकेडेमीले अनेक प्रयास थालेपनी टिमलाई जित दिलाउन भने सकेन । पहिलो ओभरमै २ विकेट गुमाएपछी गोरखा मोडललाई भरपुर दबाव सँग सामना गर्न पय्रो । त्यस लगत्तै नराम्रो खेल प्रदर्शन गरिरहेको गोरखा मोडल अन्त्यमा १८.१ ओभरमा पूरा विकेट गमुाउदै ८६ रनमै समेटियो । गोरखाका लागि कमल वलीले १ छक्का र १ चौकाको मद्धतले सर्बाधिक १८ रनको योगदान दिए । सुमित आचार्यले २ चौका सहित १७ रन प्रहार गरे भने अनिस खानले १ छक्का र १ चौका त्यस्तै निम गुरुङले १ छक्काको मद्धतले क्रमश ११/१२ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अँक समेत जोड्न सकेनन् ।
गोरखा मोडललाई सस्तैमा समेट्न सन्देश केसीले ३ विकेट हात पारे । केलाश शाह र केशब अधिकारीले समान २/२ विकेट लिए भने सन्तोष सुनार र सुरेश दर्लामीले समान १/१ विकेट लिन सफल भए । प्रतियोगितामा वडा नम्बर ७ का बिजय भुषाल सर्बाधिक रन बनाउदै म्यान अफ दि म्याच घोषित भए ।
यो जित सँगै लमही वडा नम्बर ७ सेमिफाईनलको यात्रामा छ । रनरेटको आधारमा वडा नम्बर ७ अब्बल मानिएको छ । जसले गर्दा कुनै एक प्रतियोगितामा हार ब्यहोरेपनि लिग सिस्टम अनुसार वडा नम्बर ७ ले चान्स पाउनेछ । बुधबार वडा नम्बर ७ र दँगाली स्पोर्ट्स क्रिकेट एकेडेमी घोराही बिच प्रतिष्प्रधा हुनेछ । यदी यो खेलमा वडा नम्बर ७ बिजयी भयो भने सोझै फाईनलको यात्रा गर्नेछ । तर दँगाली क्रिकेट बिजयी भएपनि उसले अझै अर्को टिमसँग सामना गर्नुपर्नेछ । मँगलबार दोस्रो खेलमा त्रिसिद्वेश्वरी क्रिकेट एकेडेमी तुलसीपुर र घोराही क्रिकेट क्लब मैदानमा छन ।
