
Rgp
Lks
Pbu
Lnp
Jns
Rgp
Sgp
Dbs
Asb
Usb
Ggp
Dus
Rgp
Rgp
lnp
Ggp
ksb


खोटाङ । आफैले पढाउने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १३ नुनथलास्थित प्रदेश नम्बर १ स्तरीय महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन् ।
साे शिक्षालयमा अध्ययनरत छात्रालाई पटकपटक प्रधानाध्यापक आचार्यले यौनजन्य हिंसा गर्दै आएको सार्वजनिक भएकाे हो ।
प्रधानाध्यापक आचार्यले मंगलबार पनि उनै छात्रा सहित अन्य एकजना छात्रालाई दुर्व्यवहार गरेपछि आफूहरूमाथि यौनजन्य हिंसा गरेको भन्ने गुनासो छात्राहरुले गरे लगत्तै उक्त घटना बाहिरिएकाे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकाे छ।
शिक्षालय भित्र पुगेर प्रिन्सिपल आचार्यलाई नेकपा एमाले र नेकपा माओवादी निकट विद्यार्थीहरूले कालो मोसो दलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउदा साथ प्रधानाध्यापक आचार्यलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याइ अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।
