
jsb
Bsn
Rks
Nsb
Usb
Fmb
Ksb
Tgp
Ppu
Ssb
Rsb
Ksb
Gsb
Ksb
Ssb
Csb

Gsb
Ssb
Hl1
Tsb
Usb

ptl
Nps
Rgu
दाङ । नेपाल मगर संघलाई कुनैपनि पार्टीको ओकालत गर्ने संस्था नबनाउन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आग्रह गर्नु भएको छ ।
संघको १२ औं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्न दाङ आइ पुग्नु भएका अध्यक्ष तिमिल्सिनाले सो कुरा बताउनु भएको हो । मगर जनसमुदायहरु एकजुट भएर अघि बढे मात्र नेपाल मगर संघ मजबुत र बलियो हुने अध्यक्ष तिमिल्सिनाले बताउनु भयो ।
कार्यक्रममा संक्षिप्त भनाइ राख्नु भएका अध्यक्ष तिमिल्सिनाले मगरहरुको हकहितको लागि संघलाई बलियो बनाउने स्थानमा पार्टीको भातृ संगठन बनाउने र यताको बजेट उता र उताको बजेट यता बनाउने कार्य भयो भने मगर संघ एउटा झगडा गर्ने थलो मात्र बन्ने बताउनु भयो ।
त्यस्तै उहाँले देश,विदेशमा छरिएर रहनु भएका मगरहरुले हामी पछि पर्यो भनेर चिन्ता व्यक्त गर्नु पर्ने नरहेको बताउनु भयो । देशमा यतिबेला उपराष्टपति मगर नइ रहेको र पुर्व सभामुख पनि मगरले नइ नेतृत्व गरेको र हाल नेपाल सरकारको अन्य विभिन्न प्रमुख कार्य क्षेत्रमा मगरहरुले जिम्मेवारी पोस्टमा रहेर काम गरेको बताउनु भयो । यसैगरी विभिन्न राजनीति दलको समेत प्रमुख जिम्मेवारी पोस्टमा रहेर नेतृत्व गर्दै आइरहेकोले हामी मगरजाति पछि पर्यो भन्न नमिल्ने अध्यक्ष तिमिल्सिनाले बताउनु भएको छ ।
यस्तै उहाँले राष्ट्र,अन्तर्राष्ट्रिय स्तरमा मगरले आफ्नो पहिचान बनाउन सकेकोले अब मगरहरुको एउटा साझा संस्थाको रुपमा यस मगर संघलाई दिगो रुपले विकास गर्दै अघि बढाउनु पर्ने बताउनु भएको भयो ।
नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरको अध्यक्षता तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका सचेतक तथा राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा,घोराही उपमहानगरपालिकाका मेयर नरुलाला चौधरी,नेपाल मगर संघका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार बोम कुमारी बुढा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
देश भरबाट जुटेका मगरहरुले घोराहीको लखन पार्कदेखि र्याली सहित घोराही बजारको परिक्रमा गर्दै सभामा परिणत भएको थियो । त्यस्तै उक्त कार्यक्रममा विभिन्न झाकी प्रदर्शन भएको थियो भने चर्चित राष्ट्रिय हास्य कलाकार खब्बु पुन चन्चलले आफ्नो प्रस्तुति राख्नु भएको थियो । संघको बन्द सत्रको कार्यक्रम चैत २७ गते आइतबार सम्पन्न हुने छ । यस्तै बन्द सत्रमा संघले नयाँ नेतृत्व चयन समेत गर्ने नेपाल मगर संघ दाङ जिल्ला सदस्य किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो । कार्यक्रमको संचालन केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरले गर्नु भएको थियो ।





