
Sebsg
Gsg
Pbu
gst
Unsku
Gst
Gipsg
Gmssl
Gipsg

Sbs
Bbu
Rgu
Bbbpu
Hal
Sls
Rgu
Gst
Rsb
Ksm
nsb
Vor
Ssm
Tsm
Asm
Ggd
Pvg
Rgs
Wsp

Rpp
Abd
Pls
bbt
Jmb
Jmb
Mks
sab
Bml
Syp
Ptm
Gsb
Rmb
बाँके । शान्ति सुरक्षामा खलल पुर्याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने नव आगन्तुक प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताउनु भएको छ ।
कानुन विपरित कार्य गर्ने सवै सजायको भागिदार हुने उहाँले बताए । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरमा एबिसी संचार संगको कुराकानीमा बिहीबार कोहलपुर प्रहरी प्रमुख डिएसपी मल्लले प्रहरी संगठन भएको र विधिको शासनमा चल्ने भएकाले कसैको दवाव र प्रभावमा नपर्ने बताउनुभयो । नागरिकको सुरक्षा र समाजमा अमनचयन प्रहरीको पहिलो प्राथामिकता भएको उहाँले बताउनुभयो ।
त्यस्तै अहिले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले सवैको ध्यान यसबाट जोगिन र सुरक्षित रहनतर्फ रहेको भन्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि प्रहरीहरु शान्ति सुरक्षामा तैनाथ राखेको र यस बीचमा प्रहरीबाट मानवअधिकार हनन हुने खालका घटना घट्न नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रहरीलाई गल्ती नगर्न निर्देशन दिइसकेको बताउनु भएका प्रहरी प्रमुख डिएसपी मल्लले गल्ती गर्ने प्रहरीलाई पनि कानुन अनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । ईलाका प्रहरी कार्यालय कोहलपुरमा भर्खरै मात्रै सरुवा भएर आउनुभएका डिएसपी मल्ल सिआइबी अनुसन्धान ब्युरो र वडा प्रहरी कार्यालय नेपालगन्जमा समेत शान्ति सुरक्षामा अब्बल काम गरिसकेकाले आफ्नो ईलाका एरिया क्षेत्रको विकृति विसंगति न्युनीकरण अपराधिक क्रियाकलपाप न्युनीकरणमा जिल्लाका राजनीतिक दल, नागरिक समाज एवं सवैसंग यो मिडिया मार्फत आग्रह गर्नुभयो । नागरिकको सहयोगमा प्रहरी संगठन नै सफल हुने र प्रहरी सफल भएमा मात्र नागरिकले शान्ति सुरक्षा र अमनचयन अनुभूति गर्न पाउने भएकाले उहाँले सवैसंग सहयोग र समन्वयको अपेक्षा गर्नुभएको छ ।
अहिले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सतक भएर लागिपर्ने बताउनुभयो । विकासमा कसैले पनि अवरोध पु¥याउन नहुने र विकासका कामलाई अवरोध गर्नेलाई कानुन बमोजिम कारबाही हुने डिएसपी मल्लले बताए।
