Sidha Patra बिहिबार, चैत्र २४, २०७८

रुपन्देही। रुपन्देहीको देवदहमा बाल विवाह न्युनिकरणका लागि धर्म गुरुहरुसंग छलफल गरिएको छ ।

बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका महत्वपुर्ण हुने भन्दै सोइया महिला स्वावलम्बी संस्थाको आयोजना र गल्स फस्ट फण्ड, नेपालको सहयोगमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो।‘धर्म गुरुसंगको हाम्रो साथ, बाल विवाह विरुद्धमा जुटाउ हात“ भन्ने नारा सहित देवदहको खैरेनी स्थित पाठक फुडलेण्ड एण्ड इभेन्ट भेनुको सभाहलमा गोष्ठी गरिएको हो ।

कार्यक्रमको उद्धाटन गर्दै देवदह नगरपालिकाका उप प्रमुख बिद्या लक्ष्मी गुरुङले बालबिबाह न्युनिकरण गर्न नगरपालिकाले अभियान नै चलाएको बताउदै बाल मैत्री पालिका बनाउन लागि परेको जानकारी दिनुभयो । देवदहका प्रत्येक वडामा बाल क्लव र नगरसंजाल स्थापना गरेर बालबिबाह बिरुद्धका कार्यक्रम गर्दै आएको उप प्रमुख गुरुङको भनाई छ।

सोइया महिला स्वावलम्बी संस्थाले गुणस्तर शिक्षा,एक हजार जना महिलालाइ करेसाबरी कार्यक्रम,पढ्न छोडेका किशोरीलाई बिधालय जान प्रेरित गर्ने जस्ता विभिन्न सम्मान योग्य कार्यक्रम चलाएको भन्दै प्रशंसा गर्नुभयो ।

त्यस्तै,कार्यक्रममै बोल्दै देवदह नगरपालिका – ४ का वडा अध्यक्ष दिपक चापागाईंले महिला स्वावलम्बी संस्थाले संचालन गरेको बाल विवाह विरुद्धका कार्यक्रमले देवदहमा बालबिबाहका घटनामा कमि आएको उल्लेख गर्नुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]