Sidha Patra बिहिबार, चैत्र २४, २०७८

दाङ । खरको छानो हुर्रीले उडाई दिएर छाना बिहिन हुनु भएका घोराही १८ मसिना निवासी लक्ष्मण धामेको घरमा टिनको छाना लगाउनका लागि नेपाली काङ्ग्रेस घोराही १८ इकाई समितिले सहयोग गरेको छ ।

इकाइ समितिको पहलमा पार्टीका अग्रज नेताहरू क्रियाशिल सदस्यहरू क्षेत्रिय प्रतिनिधिहरू नेपाली काङ्ग्रेसका शुभेच्छुकहरूबाट प्राप्त भएको आर्थिक सहयोग २२ हजार ५ सय ५ रुपैया सहयोग गरेको हो । दुख परेकालाइ सानो भए पनि सहयोग पुगोस भन्ने उदेश्यले यस प्रकारको सहयोग गरिएको इकाइ सभापती केशरवहादुर रावतले जानकारी दिए । नेपाली काङ्ग्रेस नागरिकको सुख दुखमा सधै साथमा रहेको समेत उनले बताए ।

सो अवसरमा लक्ष्मण धामेले सुखमा मात्र हैन दुखमा पनि साथ दिने पार्टी नेपाली काङ्ग्रेस मात्र भएको भन्दै सहयोगका लागि नेपाली काङ्ग्रेस पार्टी र सहयोगदाता सम्पूर्णलाई धन्यबाद ब्यक्त दिएका थिए । वडा ईकाई सभापति केशर रावत,उपसभापति श्रीधर भण्डारी सचिव दामोदर भुसाल,क्रियाशिल सदस्य माधब सुवेदी शुभेच्छुक सृजना संगमले पीडित लक्ष्मण धामेलाई रकम हस्तान्तरण गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]