
Pbu
Sgr
Djs
Lnp
Rgp1
cjs
Unsku
Ggp
Pes
sbs
Gfs
Srbpu
pku
Rgp

Hal
Rgu
Ssm
nsb
Sbs
Sls
Pvg
Vor
Rgu
Rgs
Tsm
Rsb
Ggd
Bbu
Asm
Wsp
Bbbpu
Gst
Ksm

Jmb
Syp
Gsb
Mks
bbt
Jmb
Ptm
Bml
Rmb
Abd
Pls
Rpp
sab
दाङ । लमहीमा टाइफाइड बिरुद्ध खाेप यही चैत्र २५ गतेदेखि लगाइने भएको छ । लमही नगरपालिका अन्तरगत स्वास्थ्य साखा काेलहिकाे आयाेजनामा बुधबार लमहीको पाँच नम्बर वडा कार्यालयकाे सभाहलमा स्वयंसेबिका र प्रअ बिच भएको अभिमुखिकरण गाेष्टिमा यस्ताे जानकारी दिइएको हाे ।
त्यस्तै देशमा अझै पनि टाइफाइड बिरामीहरु धेरै देखिएकाे भन्दै निर्मुलपार्न अभियान मार्फत २०७९ बैशाख १८ गते सम्म जारी रहने बताइएको छ ।लमही नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका बालबालिकाहरुलाई मात्रै खाेप लगाउने कार्यक्रम रहेकाे लमही नगरपालिका स्वास्थ्य साखा मार्फत संचालित काेलही स्वास्थ्य साखा प्रमुख हरि खनालले जानकारी दिनु भयाे ।
यसैगरी उहाँका अनुसार उक्त अभियानमा १५ महिने नबजात शिशु सहित १५ वर्ष सम्मका बालबालिकालाई खाेप लगाइने छ । याे अभियान देश मै पहिलाे पल्ट खाेप लगाउन थालिएकाले नयाँ अनुभव पनि हासिल हुने अपेक्षा गरिएकाे छ ।केन्द्रीय कार्यक्रम अन्तरगत लमही नगरपालिकामा यस्ताे अभियान सुरु गर्न थालिएको हाे । जसका लागि विद्यालयमा कम्तिमा २ सय विद्यार्थी हुनै पर्ने ब्यबस्था गरिएको छ,खनालले भन्नू भयाे ।
लमही नगरपालिका वडा नम्बर पाँचका अध्यक्ष बिम बहादुर केसीेले अभिमुखिकरण गाेस्टिकाे समापन गर्नु हुँदै काेभिड भ्याक्सिन जस्तै हाे, त्यसैले काेहि पनि त्यसबाट नअतालिन हुन तथा निर्धक्क साथ खाेप लगाउन पनि सबैमा आग्रह गर्नु भएको छ ।पहिलाे पल्ट देश ब्यापीरुपकाे भएकाले सबैले अभियान मार्फत खाेप लगाएर सहयाेग र साथ दिएर सफल पारिदिनहुन सबै नगरबासिहरुमा आग्रह गर्नु भएको छ । उक्त कार्यक्रममा स्वयंसेबिका प्र.अ गरि कुल २० जना महिला र पुरुष सहभागीता रहेकाे थियो भने कार्यक्रमको सहजिकरण काेलहि स्वास्थ्य शाखाका प्रमुख हरि खनालले गर्नु भएको थियाे ।
