
Rsb
Rks
Csb
Ssb
Ppu
Gsb
Tgp
Ksb
Ksb
Usb
Ksb
Nsb
jsb
Fmb
Bsn
Ssb

Tsb
Hl1
Ssb
Gsb
Usb

ptl
Nps
Rgu
गुल्मी । गुल्मीमा महिलाहरुको लागि नेपाली पोशाकको सीपमूलक सिलाई तालिम शुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शील्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्र्तगत २ महिने नेपाली पोशाक सिलाई तालिम शुरु गरिएको हो।
यस्तै ‘स्वदेशमै श्रम,स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाली पोशाकहरु विद्यालयको पोशाक,गुन्यू, चोली,जातीय पोशाक तथा नेपाली दौरा सुरूवालहरुको सीपमूलक सिलाई तालिमको शुभारम्भ गरिएको हो ।
यसैगरी दुई महिने तालिको लुम्बिनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव हेमराज सुबेदीले शुभारम्भ गर्नु गरेका हुन् । तालिमको शुभारम्भ गर्दै सचिव सुबेदीले सहभागी हरुलाई तालिमबाट प्राप्त हुने ज्ञान सीपलाई व्यवहारमा लागू गरि व्यवसायिकमूखी बन्न आग्रह गरे। लगनशिल भएर सिक्न सके यो व्यवसायको बजारमा माग अत्यन्तै धेरै रहेको उल्लेख गरे । तालिममा सहभागि हुन पाउदा सहभागिहरु खुसी भएका छन् ।
त्यस्तै तालिमबाट सिप सिकेर व्यवसायी बन्ने हभागिहरुको भनाई छ । नियमित रुपमा तालिम लिएर सपि सिक्न घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले आग्रह गरे । व्यवसायी बन्न चाहने सहभागिलाई आवश्यकताका आधार थप अर्को चरणको तालिमको व्यवस्थाको लागि पहल गर्ने धिमिरेले बताए । तालिम लिइसकेकाले उनीहरुलाई प्रविधि हस्तान्तरण गने भएको छ । तालिममा १५ जना दलित समुदायका महिलाहरु सहभागी रहेका छन् । यसबाट दलित महिलाहरुको आर्थिक रुपमा शशत्तीकरणका लागि मद्दत पुग्ने विश्वास गरिएको छ ।
