
jsbr-3
Msbg-2
Pbu
Csbg-7
Jsbg-7
ksbl-7
Gsbg-3
Rksr-7
Gsbr-6
Usbl-7


काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।
यातायात व्यवस्था विभागले यात्रुबाहक सवारी साधनको न्यूनतम १० प्रतिशतदेखि बढीमा १५ प्रतिशतसम्मले बढाएको हो । मालबाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको विभागले जनाएको छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो । यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै विगत केही समय अघिदेखि भाडा वृद्धिको माग गर्दै आएका थिए ।
