अजय मिश्र/कपिलवस्तु आइतबार, चैत्र २०, २०७८

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिकाको सभा हलमा किशोरीका अभिभावकहरू संग एक दिने अन्तरक्रिया कार्यक्रम किशोर अवस्था र अभिभावकको भूमिका भनाईका साथ संचारिका समुहको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ ।

संचारीका समुहकी अध्यक्ष पार्वती आचार्यको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल,विशिष्ट अतिथि संचारीका समुह लुम्बिनी प्रदेश पूर्व अध्यक्ष पार्वती पाण्डेय,अतिथिमा सिद्धार्थ सामाजिक विकास केन्द्रका कृष्णनगर का सामाजिक परिचाल तापस मिश्र,सामाजिक परिचालक शुष्मा विश्वकर्मा रहेका थिए ।

त्यस्तै कार्यक्रमको औपचारिक उद्घाटन कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल ले गर्नुभयो साथै स्वागत मन्तव्य संचारीका समुहकी महासचिव शारदा केसी ले गरिन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै छोरा छोरी बिच भेदभाव गर्न नहुने, कोशोर अवस्था परिवर्तनको अवस्था रहेकाले अभिभावक हरू ध्यान दिनुपर्ने, अगामी बजेटमा किशोर किशोरी कार्यक्रम हरू योजनामा बढी समावेश गरिने बताउदै आफ्नो छोराछोरी तथा वातावरणीय सरफाइमा समेत ध्यान दिन अभिभावक संग आग्रह गर्नुभयो ।

कार्यक्रममा सहजीकरण संचारिका समुहकी सल्लाहकार निशा विश्वकर्मा ले गरिन । कार्यक्रममा ५० जना भन्दाबढीको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन संचारीका समुहकी कोषाध्यक्ष संगिता भुषालले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]