
Nsb
Csb
Ksb
Gsb
Rks
Ksb
Tgp
Ksb
Bsn
Usb
Ssb
Fmb
Ppu
jsb
Ssb
Rsb

Ssb
Hl1
Tsb
Usb
Gsb

ptl
Nps
Rgu
दाङ । घोराही उपमहानगरपालिकाले जैविक फोहोरबाट ग्यास उत्पादन शुभारम्भ गरेको छ । २०७५ सालबाट निर्माण थालनी गरिएको उक्त वायोग्यासको आज एक कार्यक्रमका बीच नगर प्रमुख नरुलाल चौधरीले गर्नुभएको हो ।
घोराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वायो ग्यास उत्पादनसँगै बजारीकरणले नगरबासीलाई लाभ मिल्नुका साथै वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास लिईएको छ ।
करिव २४ करोडको लागतमा निर्माण गरिएको वायो ग्यास प्लान्ट बाट उत्पादित ग्यास पाईप लाईनमार्फत हाललाई घोराही १० र १६ नम्बर वडाका नागरिकलाई वितरण गर्ने तयारी भएको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, वडा नम्बर १६ का अध्यक्ष ताराबहादुर डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, उपप्रमुख सीता सिग्देल न्यौपाने, परियोजना केन्द्रका म्यानेजर रणबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
