Sidha Patra शनिबार, चैत्र १९, २०७८

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २२ औँ साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश जलश्रोत,उर्जा तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आज कार्यक्रम भएको हो ।

खानेपानीको शुद्धतासँगै सहज खानेपानी आपूर्ती गर्दै उपभोक्तालाई सेवा प्रदान गर्दै आएको संस्थाले आगामी दिनमा थप सेवा बिस्तार गरेर अघि बढ्न अपिल गरेका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले खानेपानी सहज वितरण गर्दै पानीको श्रोत संरक्षण गरेर वातावरण जोगाउन र मानव अस्तित्व टिकाई राख्न सुझाव दिएका छन् ।

यस्तै घोराही क्षेत्रमा खानेपानी सेवा दिदै आएको सो संस्थाले सबैभन्दा धेरै उपभोक्ता संख्या साढे हजार रहेका छन् । हालसम्म ६१ वटा सामुदायिक धारा, ७ हजार ३ सय ४२ निजि धारागरी ७ हजार ४ सय ३ वटा धारामार्फत सहज खानेपानी सेवा दिदै आएको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६ र १८ मा खानेपानी सेवा बिस्तार गरेको संस्थाले आगामि दिनमा नयाँ प्रविधिमा आधारित दीर्घकालीन रुपमा खानेपानी वितरण गर्ने योजना बनाएको छ । सभामा संस्थाको सांगठनिक प्रतिवेदन सचिव सुमन शर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ध्रुव केसीले प्रस्तुत गर्नुभयो ।

त्यस्तै अधिवेशनले आगामि कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ तर सभामा अध्यक्षले ३ वर्षे कार्यकाल रहेको पदाधिकारीको अवधि चार वर्षे बनाउन प्रस्ताव पेश गरेपछि अधिवेशन प्रकृया विचाराधीन बनेको छ । संस्थाका उपाध्यक्ष भरतमणि पाण्डेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव सुमन शर्माले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]