Sidha Patra शुक्रबार, चैत्र १८, २०७८

दाङ । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ को आयोजनामा आज महिलाको प्रजन्न तथा पाठेघरको मुखको क्यान्सर भिआईए जाँच गर्ने १ दिने शिविर सम्पन्न भएको छ ।

वडा नंम्वर १४ को आयोजनामा नयाँ बजार शहरी स्वास्थ्य केन्द्र तिनकुने चोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ९० जनाले सेवा लिएको केन्द्रका ईन्चार्ज प्रभा आचार्यले जानकारी दिनुभयो ।

महिला विशेषज्ञ डाक्टर विमला तिवारीद्धारा ८० जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाच गरिएको हो भने अन्य १० जनालाई प्रजन्न स्वास्थ्य एवं परिवार योजनाका बारेमा सचेत पारिएको हो ।

आज विहान ११ बजेदेखी सुरु भएको शिविर बेलुकी ६ बजेसम्मै चलेको हो । शिविरको उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले महिलाको स्वास्थ्य स्वस्थ भएमात्रै घरपरिवार हुदै समाज र राष्ट्र स्वास्थ हुने बताउनु भयो ।

एउटा महिलाको स्वास्थ्य स्वस्थ भएमात्रै त्यस घरपरिवारको सम्पुर्ण कुराहरु स्वस्थ हुने भन्दै महिलाको स्वास्थ्यलाई सबैले गम्भिरताका लिनु पर्ने बताउनु भयो । उद्घाटन कार्यक्रमको सहजिकरण केन्द्रका ईन्चार्ज आचार्यले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]