
jsbr-3
Usbl-7
ksbl-7
Pbu
Jsbg-7
Msbg-2
Gsbr-6
Rksr-7
Csbg-7
Gsbg-3


दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले ३ सय ७० मिलिग्राम लागूऔषध खैरो हिरोईन सहित तीन जनालाई पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा रहेको एक होटलबाट ३ सय ७० मिलिग्राम लागूऔषध खैरो हिरोईन सहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पक्राउ पर्नेमा बबई गाउँपालिका २ निवासी २५ वर्षीय अनिष डाँगी, तुलसीपुर उपमहानगरपालिका ५ निवासी १९ वर्षीय किरण बुढाथोकी र सोही वडा निवासी १८ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नगद चार हजार, तीन थान मोबाईल सेट पनि बरामद गरेको छ । साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
