
Gsg
Sebsg
Gst
Unsku
gst
Pbu
Gmssl
Gipsg
Gipsg

Hal
Ssm
Sbs
Asm
nsb
Ksm
Ggd
Vor
Rgu
Rgs
Wsp
Bbbpu
Sls
Bbu
Gst
Tsm
Rgu
Pvg
Rsb

Mks
Abd
bbt
Bml
Syp
Ptm
Rpp
Rmb
Gsb
Jmb
sab
Jmb
Pls
स्थानीय निर्वाचनमा महिला तथा सिमान्तकृत समुदायकाे पहुँच बारे नागरिक र सञ्चारकर्मी बिच छलफल भएको छ ।
ग्रामीण महिला उत्थान केन्द्रकाे आयाेजनामा गरिएको छलफलमा सामाजिक तथा आर्थिक क्षेत्रमा महिला तथा सिमान्कृत समुदायकाे भुमिका बढ्दै गएपनि राजनीतिक रुपमा याे समुदायकाे पहुँच अझै बढ्न नसकेको पाईएकाे छ ।
कुल जनसंख्याको अनुपातमा महिलाकाे संख्या भएपनि मुख्य पद वा कार्यकारी पदमा उपस्थिति हुन नसक्नु समानुपातिक सहभागिता विपरीत भएको ठहर गरिएको छ । जिल्लामा रहेका राजनीतिक दलहरुले अहिले पनि प्रमुख पदमा पुरुषलाई अघि सारेकाे पाईएकाे छ भने उपप्रमुख वा अन्य पदमा मात्रै महिलाकाे समावेशी समानुपातिक सिद्धान्तलाई पूर्ण कार्यान्वयन गर्न सबै राजनीतिक दलहरुकाे व्यवहारिक प्रतिवद्धतासँगै नागरिक समाजकाे खबरदारी आवश्यक रहेकाे आवश्यकता औल्याईएकाे छ ।
लैंगिक समानताका कुरालाई व्यवहारिक कार्यान्वयन गराउन पहिचानसहित अधिकार स्थापित गराउँदै अगाडि सार्न पर्नेमा जाेड दिईएकाे छ । केन्द्रका कार्यक्रम संयाेजक एचबि थापाले विषय प्रवेश गराएको कार्यक्रममा पत्रकार लक्ष्मी आचार्यले आधार पत्र प्रस्तुत गर्नुभएको थियाे ।
साे अवसरमा नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार याेगी, नेकपा एमालेका विवेक श्रेष्ठ, राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, जनमुक्ति पार्टीका जितबहादुर बुढाले आधार पत्रमाथि टिप्पणी गर्दै स्थानीय निर्वाचनमा महिला र सिमान्तकृत समुदायकाे भुमिका र उपस्थिति बढाउन दलका तर्फबाट प्रतिवद्धता जनाउनुभयाे । उहाँहरुले अहिले पनि जनप्रतिनिधिका रुपमा ४२ प्रतिशत महिलाकाे उपस्थिति रहेकाले अब अर्थपूर्ण रुपमा सहभागीता बढाउने गरि अघि बढ्न राजनीतिक दलका तर्फबाट अग्रसर हुन लक्षित समुदायकाे पहुँच बढाउँदै अवसर दिन जरुरी रहेकाे बताउनुभयो ।
यस्तै,कार्यक्रममा अपांगताका तर्फबाट रामशंकर यादव, अधिकारकर्मी विनाेद केसी, माया पाेख्रेल, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सुशीला पाैडेल, घाेराही १७ कि वडा सदस्य रेमन्ता पुन, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गाैतमलगायतले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सहजीकरण पैरवी अधिकृत शिवा चाैधरीले गर्नुभएको थियोे ।
