काठमाडौं। मंगलबार, फाल्गुण २७, २०७६

खानपान बदल्नुहोस् : तपाईंलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधैँ खाइरहेकोभन्दा फरक खाना खानुहोस् । जस्तै, तनाव कम गर्न सहयोग गर्ने खानेकुरा केरा, अमला, स्याउ, जौ, कुरिलो, दूध खानुहोस् । यस्ता खानाले तनाव हटाउन सहयोग गर्नुका साथै स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ ।
सन्तुलित दिनचर्या : तनाव व्यवस्थापनका लागि सन्तुलित दिनचर्या एकदमै महत्वपूर्ण हुन्छ । जीवन र दैनिक कार्यलाई आवश्यकता र महत्वका आधारमा वर्गीकरण गरी समय निर्धारण गर्नुपर्छ । त्यस्तै, नियमित व्यायाम र आरामले तनावबाट मुक्ति पाउन सकिन्छ ।
समूहमा सहभागी बन्नुहोस् : आफ्नो जस्तै रुचि भएका मानिस वा साथीको समूहमा सहभागी हुने र रुचिका विषयमा कुराकानी, छलफल आदिबाट मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्छ ।
काममा व्यस्त हुनुहोस् : मनमा धेरै कुरा खेलाइरहँदा मानसिक स्वास्थ्यमा निकै असर पर्ने भएकाले कतिपय अवस्थामा मानिसमा डिप्रेसन हुने सम्भावना रहन्छ । तसर्थ, आफ्नो ध्यान बहलाउन सकेसम्म काममा व्यस्त रहनु आवश्यक हुन्छ । यो जानकारी आजको नयाँ पत्रिकाले छापेको छ।
तनावको सामना गर्नुहोस् : तपाईंलाई कस्तो अवस्था र व्यवहारले तनावमा ल्याउँछ र तनावका वेला तपाईं कस्तो प्रतिक्रिया जनाउनुहुन्छ, यो बुझ्नु जरुरी छ । निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सकिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]