
Pes
Srbpu
Sgr
Unsku
pku
Rgp1
sbs
Ggp
Gfs
Pbu
Rgp
cjs
Lnp
Djs

Ssm
nsb
Bbu
Rgu
Sbs
Sls
Wsp
Pvg
Gst
Hal
Ksm
Asm
Ggd
Tsm
Rgs
Rsb
Bbbpu
Vor
Rgu

Rmb
Jmb
bbt
Ptm
Abd
Gsb
Pls
sab
Syp
Bml
Jmb
Rpp
Mks
काठमाडौं । आज विश्व क्षयरोग दिवस,नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईँदैछ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।
क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । एकजना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् ।
यसैबीच दाङमा पनि आज क्षयरोग निवारण सम्वन्धि कार्यक्रम हुँदैछ । स्वास्थ्य कार्यालय दाङ,घोराही उपमहानगरपालिका र क्षयरोग निवारण संस्थाको आयोजनामा धर्नामा कार्यक्रम हुन लागेको हो ।
सहरभन्दा ग्रामिन क्षेत्रमा क्षयरोग सम्वन्धि सचेतना मुलक कार्यक्रम गर्दा प्रभावकारी हुन्छ की भन्ने हेतुले धर्नामा कार्यक्रम गर्न लागेको स्वास्थ्य कार्यालय दाङका क्षय÷कुष्ठरोग अधिकृत डम्बर बहादुर केसीले जानकारी दिए । कार्यक्रममा क्षयरोग बारे जानकारी, क्षयरोग लागेका व्यक्तिहरुको सेवा सुविधालगायतका विषयमा जानकारी दिईनेछ ।
हाल दाङमा ९०१ जना क्षयरोगी
दाङमा गएको दुइवर्ष भन्दा चालूआर्थिक वर्षमा क्षयरोगीहरु फेरी बढ्न थालेको अधिकृत केसीले जानकारी दिए । गएका वर्षहरुमा कोभिड १९ का कारण क्षयरोगीहरुको संख्यामा कमी आएको भए पनि यो आर्थिक वर्षमा बढ्न थालेको उनले बताए । अहिले दाङमा ९०१ जना क्षयरोगीहरु रहेको केसीले जानकारी दिए । तिमध्ये ४९७ जना नयाँ क्षयरोगी हुन् । भने ४०४ जना औषधि आएर पनि सन्चो नभइ दोहोरिएका बिरामी छन् ।
त्यसैगरी रोग पत्ता लागि उपचार पश्चात ९३ प्रतिशत व्यक्ति निको भएको केसीले बताए । त्यस्तै जिल्लामा क्षयरोगबाट २.९ प्रतिशतको भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् भने ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ ।
त्यस्तै यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुनेबित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिन्छ । औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।
