तिर्थराज ज्ञवाली/राप्ती गाउँपालिका बिहिबार, चैत्र १०, २०७८

दाङ । सबैका लागि पढाइ कार्यक्रमका लागि राप्ती गाउँपालिका दाङमा स्थानिय तहसंग योजना तर्जुमा तथा समन्वयात्मक बैठक गरिएको छ ।

अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपालको आयोजनामा कार्यपालिका पदाधिकारी एवं शाखा प्रमुखहरुसंग समन्वयात्मक बैठक गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता तथा पालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको बैठकमा राप्ती गाउँपालिका क्षेत्रमा अपाङ्गता तथा कार्यगत सिमितता भएका कक्षा १ देखि ३ सम्म अध्ययनरत बालवालिकाहरुका लागि आगामी योजनाका बारेमा छलफल गरिएको छ ।

ईमिस सव सिस्टमबाट प्राप्त तथ्याङ अनुसार यस राप्ती गाउँपालिकामा ६ जना बालबालीकामा आखाँको हेर्ने वा देख्ने समस्या,१४ जना बालबालिकामा कान नसुनने वा कम सुन्ने समस्या र २२ जना बालबालिकामा शारिरिक शिथिलताको समस्या देखा परेकोमा ति बालबालिकाको थप उपचारको बारेमा गाउँपालिकाले समन्वय गर्ने निर्णय गरिएको छ । समस्या देखा परेका बालबालिकाको राप्ती गाउँपालिका स्वास्थ्य शाखाको पहलमा समस्या पहिचान गरि शिक्षा शाखाको समन्वयनमा बालबालिकाको अवस्यामा सुधार ल्याउने बताईएको छ । नेपाली वालवालिकाका लागी अपाङ्ग समावेशी शिक्षाको अभियानमा रहेको अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्चले ह्युमानिटी एण्ड ईन्क्लुजन र विश्व शिक्षाको साझेदारीमा अभियान सन्चालन गरिरहेको बैठकमा जानकारी गरिएको छ ।

नेपालमा प्रारम्भिक पढाइ कार्यक्रम संचालित १० जिल्लाहरुको कक्षा १ देखि ३ सम्म अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुको पढाइ सिपमा सुधार गर्ने उदेश्यका साथ काम भैरहेको र स्थानिय तहसंग योजना तर्जुमाका लागि समन्वयात्मक बैठक थालिएको समावेशी शिक्षा संयोजक सुवानी भट्टराईले जानकारी दिनुभएको छ ।

परियोजनाले अपांगता भएका बालबालिकाहरुको तथ्यांकको गुणस्तरमा सुधार ल्याउने, अपांगता भएका बालबालिकाहरुको पढाइ सिप सुधारका लागि गुणस्तरीय शिक्षण विधि लागु गर्न विभिन्न तहमा संस्थागत एवम प्राविधिक क्षमता बढाउने, अपागंता भएका बालबालिकाहरुको विशेष समुहहरुको लागि विस्तार गर्न सकिने समाबेशी शिक्षणको नमुनाहरु परिक्षण गर्ने उद्देश्यका साथ काम गरिरहको बैठकमा जानकारी दिईएको छ ।
समावेशी शिक्षा संयोजक सुवानी भट्टराईका अनुसार दाङ जिल्लामा ४ सय ५ वटा सामुदायिक विद्यालय मध्य ४ वटा विद्यालयमा स्रोत कक्षा सञ्चालन भएको, १ वटामा वहिरा कक्षा सञ्चालन रहेको, १ वटामा बौद्धिक अपांगता कक्षा सञ्चालन रहेको र २ वटा विद्यालयमा दृष्टि विहिन कक्षा सञ्चालन भैरहेको छ ।

सबैका लागि पढाइ कार्यक्रमका लागि समस्या देखीएका बालबालिकालाई रेफरल गर्नुपर्ने बताईएको छ । कार्यगत सीमितता तथा अपाङ्गता पहिचान भएका बालबालिकाहरुको तह तथा अवस्था विश्लेषण भए प्रश्चात आवश्यकता अनुरूपको थप सेवा सविधाहरू प्रदान गर्न, बालबालिकाहरुमा भएको कार्यगत सिमितताका समस्यालाई न्यूनिकरण गर्न, आवश्कतामा आधारित व्यवस्थापकिय, स्वास्थ्य, शैक्षिक तथा अन्य सेवा सुविधा प्रदान गर्न र बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार गरी शैक्षिक क्षमता अभिवृद्धि ल्याउनु आवस्यक रहेको बताईएको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरी, वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी, २ का वडा अध्यक्ष जगत बहादुर थापा, ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना, स्वास्थय शाखा प्रमुख नारायण रावत, शिक्षा शाखा प्रमुख विश्वास विक, मन्चका गिता पौडेल, पदम धिमिरे, देव प्रसाद चौधरी लगायतले विचार ब्यत्त गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]