
Bsn
Fmb
Csb
Rks
jsb
Rsb
Gsb
Ksb
Ksb
Ksb
Ssb
Nsb
Ssb
Ppu
Usb
Tgp

Ssb
Tsb
Hl1
Usb
Gsb

Nps
Rgu
ptl
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ सकिएको छ ।
प्रदर्शनीको बुधवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास,पर निर्भर मुखी अर्थतन्त्रको निकास’भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ९ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा भएको थियो ।
स्थानिय उत्पादनको बजारी करण,कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गदै आर्थिक विकासमा टेवा पुर्याउने राष्ट्रिय तथा अन्तरराष्ट्रिय वजारमा यहाको उत्पादित वस्तु पहिचान गराउने र स्थानिय भाषा, साहित्य कला, परम्परागत सिप, धार्मिक क्षेत्र एवम संस्कृतिको परिचय गराउदै संरक्षण एवम सम्वद्र्धन गर्ने उदेश्यले प्रदर्शनीको आयोजना गरिएको मुल आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिए ।
त्यस्तै यस क्षेत्रमा स्थापित प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने, दाङ जिल्लाको आर्थिक विकास पुर्वाधार विकास सक्रियता वढाउने,योजना निर्माणमा सहयोग पुर्याउने,स्थानिय उत्पादनलाई प्राथमिक्ता दिइ राष्ट्रिय अर्थ तन्त्रलाई टेवा पुर्याउनु पर्दछ भन्ने सन्देश प्रभाव गर्ने,दाङलाइ आगामी दिनमा औद्योगिक गन्तव्य स्थल वनाइ लगानी मैत्री वातावरण निर्माणको सन्र्दभमा सरोकारवालाहरुको ध्यानाकषर्ण गराउने लक्ष्य लिएको थियो ।
यस क्षेत्रमा उत्पादित हुने कृषि जन्य वस्तुहरु तथा जडीवुटिहरुको बारेमा उपभोक्ताहरुलाइ जानकारी गराउदै वजारी करणमा सहयोग गर्ने, व्यवसायीक सचेतनाको अभिबृद्धि गरि गुणस्तरीय वस्तु उत्पादन र उपभोक्ता जगतमा सजकता ल्याउन ग्राहक र उत्पाादन कर्ताको प्रत्यक्ष भेट गराउने , लक्ष्मीपुर औद्योगिक क्षेत्रको विकास तुलसीपुर विमान स्थलको स्तर उन्नती, नारायणपुर विमानमा तिव्रता दिन, स्थानिय प्रदर्शनीको स्थलको निर्माणको लागि अन्र्तरक्रिया, सभागृहको पार्किङको जग्गामा अन्डरग्राउण्ड पार्किङ सहितका कम्पलेक्स निर्माणको योजना अगाडि वढाउने उदेश्य लिएर प्रदर्शनी आयोजना गरिएको थियो ।
त्यस्तै समापन कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाइ राज्य मन्त्री अर्जुनकुमार श्रेष्ठले प्रदर्शनीले यस क्षेत्रमा कृषि जन्य वस्तु बजारीकरणमा सहयोग पुगेको बताए । यसले उद्यमीलाइ प्रोत्सान गर्ने उनको भनाइ रहेको थियो । जिल्ला रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा समेत प्रदर्शनीले सहयोग पुगेको बताए । यस प्रकारका कार्यले जिल्लामा धेरै पर्यटकीय क्षेत्रको विकास गर्ने राज्य मन्त्री श्रेष्ठले भने । विकासका कार्यलाइ अगाडि वढाउन निजी क्षेत्र संग संहकार्य गरेर अगाडि वढन आफुहरु तयार रहेको उनको भनाइ रहेको थियो ।
जिल्लाको विकासमा दाङ जिल्ला उद्योग वाणिज्य संघले महत्वपुर्ण भुमिका खेलेको बताए । एसियाको ठुलो उपत्यका भए पनि खुल्ला जग्गाको व्यवस्थापन गर्ने नसकिएको राज्य मन्त्री श्रेष्ठले भने । कार्यक्रममा बोल्ने बक्ताहरुले संघले आयोजना गरेको प्रदर्शनी सफल भएको बताएका थिए । संघले लिएको उदेश्य पुरा गर्ने अगाडि वढन समेत उनीहरुले आगग्रह गरेका थिए । खुल्ला स्थानको व्यवस्थापन गर्ने सबै मिलेर अगाडि वढनु पर्ने उनीहरुको भनाइ रहेको थियो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमवहादुर वस्नेत, नेपाली काँग्रेसका जिल्ला उप सभापती कमानसिंह भारती, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितीका लिलावहादुर पुन, कृषि विकास बैक लुम्विनी प्रदेश कार्यालयका प्रमुख गिरीराज रेग्मी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, घरेलु तथा साना उद्योग कार्यालयका निमित प्रमुख उमबहादुर वली, घोराही उप महानगरपालिकाका प्रतिनिधि तथा वडा नं १४ का वडाध्यक्ष शक्तिराम डाँगी, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजं शाह, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान वस्नेत लगाएतकाले भनाइ राखेका थिए ।
संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्याट सुरु भएको कार्यक्रममा सहभागिहरु लाइ धन्यवाद ज्ञापनन वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले गरेका थिए ।
कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । कार्यक्रममा उद्घाटन कार्यक्रममा रेयालीका उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरेर विभिन्न समिती तथा उप समिती, विभिन्न माध्यमवाट सहयोग गर्नेलाई करद पत्रले सम्मान गरिएको थियो । अन्तीम दिन पनि दर्शकहरुको उल्लेखीय सहभागिता रहेको थियो ।
स्थापना दिवसको अवरमा रक्तदान
दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवसो अवसरमा रक्तदान गरिएको छ । संघको ५२ औ स्थापना दिवसको अवसरमा रक्तदान गरिएको हो । प्रदर्शनी स्थल घोराही १४ झिगौरामा नै रक्तदान गरिएको हो । सो अवसरमा २१ जनाले रक्तान गरेका थिए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रेडक्रस सोसाइटी घोराहीले गरेको थियो । संघको स्थापना २०२७ साल चैत ९ गते भएको हो ।
