
Ggp
Srbpu
Rgp
Pes
Rgp1
Gfs
pku
Unsku
Djs
Sgr
cjs
Lnp
sbs
Pbu

Vor
Rgs
Asm
Hal
Ksm
Rsb
Ssm
Rgu
Rgu
Sls
Wsp
Ggd
nsb
Tsm
Sbs
Gst
Bbu
Pvg
Bbbpu

Bml
Jmb
Syp
Pls
Mks
Abd
Rmb
sab
Rpp
bbt
Gsb
Ptm
Jmb
सल्यान । सल्यानमा तीन सय ७८ जना जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परिक्षण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकामा स्वास्थ्य कर्मीहरुले जेष्ठ नागरिकहरुलाई घरमै गएर भेटघाट र चेकजाँच गरेका हुन् ।
गाउँपालिकाको नीति अनुसार नै स्वास्थ्यकर्मीहरुलाई जेष्ठ नागरिकको घरदैलोमा खटाइएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनुभयो । ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्बन्धीत वडा तथा घरदैलोमै गएर चेकजाँच र निःशुल्क औषधि वितरणको ब्यवस्था मिलाईएको उहाँले बताउनुभयो । गाउँपालिकाले २१९ जना महिला र १५९ जना पुरुष जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य शाखाका सिअहेव सुवाश हमालले जानकारी दिनुभयो ।
बृद्धबृद्धाको उपचारको लागी सम्बन्धीत वडामा रहेका स्वास्थ्य चौकी तथा सामुदायीक स्वास्थ्य ईकाईका स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी ढंगले परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । हिडेर अस्पताल तथा स्वास्थ्य संस्थासम्म जान नसक्ने जेष्ठ नागरिकहरुले घरमै निःशुल्क रुपमा स्वास्थ्य सेवा पाएपछि उनीहरु हर्षित छन् । जेष्ठ नागरिकप्रति परिवार, समाज सबैको सम्मान बढाउनका लागि गाउँपालिकाले हरेक वर्ष जेष्ठ नागरिकहरुलाई सम्मान पनि गर्दै आइरहेको जनाएको छ ।
