
Sebsg
Gst
Gmssl
Pbu
Unsku
Gsg
Gipsg
Gipsg
gst

Tsm
Ksm
Bbbpu
Sbs
Rgu
Bbu
nsb
Sls
Gst
Asm
Rgs
Vor
Wsp
Hal
Pvg
Rgu
Rsb
Ssm
Ggd

sab
Rmb
Rpp
Bml
Gsb
Syp
Mks
Jmb
Ptm
bbt
Jmb
Pls
Abd
दाङ । दाङमा बम जस्तो देखिने शंकास्पद बस्तुराखी अपहरणमा परेको भनी झुठ्ठा अपवहा फैलाउने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ९ का २४ वर्षीय जनक देबकोटा रहेको प्रहरीले आज पत्रकार सम्मेलन मार्फत जनाकारी गराएको हो ।
देवकोटाले योजनाबद्ध तरिकाले शंकास्पद बस्तु राखेर आफु अपहरणमा परेको झुठ्ठो अपवाह फैलाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख शुरेस प्रसाद काफ्लले जानकारी दिनुभयो ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँ बस्ती स्थित हरि प्रसाद रिजालले संचालन गरेको ड्राईगन कृषि फर्ममा काम गर्दै आएका देवकोटाले कृषि फर्म संचालक संग रकम अशुल्ने योजनाका साथ आफु अपहरणमा परेको नाटक गरेको रहस्य खुलेको प्रमुख काफ्लले बताउनुभयो ।
त्यस्तै गत आईतवार अपहरणमा परेको सुचना प्रहरी कार्यालयमा पुगेपछि खोजी कार्य गर्ने क्रममा देवकोटालाई हिजो लमही नगरपालिका ९ अमिलिया नजिकैको जंगलमा फेला पारिएको प्रहरीले बताएको छ । गत फागुन २७ गते साँझ कृषि फर्म नजिकै शंकास्पद बस्तु राख्ने व्यक्ति पनि उनै देवकोटा रहेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका देवकोटाले रकम अशुल्नका लागी योजनाका साथ गत आईतवार तुलसीपुर बजार जान्छु भनि घरबाट निस्किएको र बेलुका पख श्रीमतीलाई मोवाएल म्यासेजबाट अपहरणमा परेको कुरा पठाएका थिए । पक्राउ परेका देवकोटा विरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुर र झुठ्ठा अपवाह फैलाउन नहुने कसुरमा आबशक्य अनुसन्धान सुरु गरिएको प्रमुुख काफ्लले जानकारी दिनुभयो ।
