
Lnp
Pbu
Pes
sbs
Rgp1
Srbpu
Unsku
Rgp
Djs
cjs
Sgr
Gfs
Ggp
pku

Sls
Ggd
Ksm
Rgu
Gst
Sbs
Vor
nsb
Rgu
Rsb
Pvg
Hal
Wsp
Rgs
Asm
Tsm
Bbbpu
Ssm
Bbu

Jmb
sab
Gsb
Jmb
Rpp
Syp
Abd
Pls
bbt
Bml
Mks
Ptm
Rmb
दाङ । राप्ती गाउँपालिकाको वडा नं ८ अन्तरगतका १० टोलमा हात्तीपाइले फाईलेरिया रोग विरुद्ध औषधि खुवाउन घर दैलो कार्यक्रम गरिएको छ । हात्तीपाइले फाईलेरिया रोगबाट नागरिकलाई बचाउने उदेश्यका साथ वडा नं ८ का सबै नागरिकलाई औषधि खुवाउन घर दैलो गरिएको हो ।
सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको घर दैलो कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले उद्घाटन गर्नु भएको हो । घरघरै गएर स्वास्थ्य कर्मीद्धारा औषधि खुवाउने कार्यक्रम अन्तरगत उल्लेख्य स्वास्थ्य कर्मी प्रयोग गरिएको छ । हात्तीपाइले फाईलेरिया रोग मानिसलाई नराम्रोगरी शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भए पछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्ने घर दैलो कार्यक्रममा जानकारी समेत गरिएको छ ।
त्यस्तै घर दैलो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका कमल चन्द, वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना, स्वास्थ्य संयोजक नारायण रावत, वडा सदस्यहरु, टोल कमिटि संयोजक लगायतको सहभागितामा नागरिकलाई हात्तीपाइले फाईलेरिया रोग विरुद्ध औषधि खुवाईएको छ ।
